Birat Post आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ चैत्र ।
सरकारद्धारा घोषित लकडाउन नियन्त्रणका लागि नेपाल प्रहरी फितलो देखिएको छ । विराटनगरमा लकडाउन उल्लंघन गर्नेहरुको उल्लेख्य संख्या बढिरहदा प्रहरीले गर्नुपर्ने कडाइ देखिदैन । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेर काठमान्डौलाई ब्यवस्थित बनाउदै छ । राजधानी र एकाध ठाउँ बाहेकका स्थानमा लकडाउनको उल्लघन गर्नेहरु सक्रिय छन् । काठमान्डौमा बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको छ तर विराटनगरमा भने खुलेयाम हिडिरहेको भेटिन्छ ।

विराटनगरका मूख्य सडक र भित्री बाटोहरुमा मानिसहरु निर्वाधरुपमा हिडिरहेको पाइएको छ । मोरङको हकमा प्रहरीले गर्न सक्ने धेरै कुरा भएपनि निर्देशनको अभाव र मोरङका प्रमुख जिल्ला अधिकारीको समन्वयमा कमजोरी देखिन्छ । नगरक्षेत्रमा भइरहेको लकडाउन उल्लंघनका विषयमा व्यापक जनगुनासो आएपनि संबन्धित निकाय मौन जस्तै देखिन्छ । यता महानगरले आफ्ना नगररक्षकहरु नगरका विभिन्न स्थानमा खटाएको बताएको छ । नगर रक्षकको संख्या न्यून रहेकाले प्रशासन संग समन्वय भइरहेको जनाएको छ ।

यस्तै सुनसरी ,झापामा पनि लकडाउनको उल्लंघन भइरहेको त्यहाँ स्थित हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् । लकडाउनको लागि कडाइ नगरिदा उल्ल्घंनका घटना बढेका हुन् । लकडाउन नियन्त्रणमा नेपाल प्रहरी काहिँ फितलो र काहिँ दर्बिलो बनेको भन्दै सवै ठाउँमा कडाइ गर्न र अति आबश्यक परेको खण्डमा मात्रै सहयोग गर्न बिज्ञहरुले सुझाव दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल