Birat Post आइतबार, चैत्र १६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ चैत्र /
कोरोना आशंकामा क्वारेन्टाइनमा बसिरहेकाहरुको अवस्था बारे अनुगमन गरिएको छ । कोरोना आशंकामा १ परिवारका ३ सदस्य सहित १ जना विराटनगर स्थित वडा नं. १९ मा रहेको बैझनाथपुर स्वास्थ्यचौकीको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुको अवस्था बारे आइतवार स्थलगत अनुगमन गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली,मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल,सशस्त्र प्रहरीका एसपी रुद्रबहादुर कार्की ,विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की लगायतको टोलीले अनुगमन गरेको हो ।

क्वारेन्टाइनमा बसिरहेकाहरुको अवस्था, खानपिन ,बसाइ र शुरक्षाका विषयमा आबश्यक प्रबन्ध मिलाउने काम भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । विराटनगर महानगरले बैझनाथपुरमा २० कोठाको क्वारेन्टाइन बनाए सगै कोरोना आशंका लागेका व्यक्तिलाई  प्रथम चरणमा त्यहाँ  राख्न थालिएको हो । जम्मा २ सय २० कोठाको क्वारेन्टाइन प्रबन्ध गरेको महानगरले नगरका अत्यावस्यक क्षेत्रमा निर्मलीकरण गर्ने,सिमान्तकृत बर्गको पहिचान गरी खाद्य सामाग्री उपलब्ध गराउने तयारीमा जुटीरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल