Birat Post शनिबार, चैत्र २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ चैत्र ।
कोरोना भाइरस सक्रमणको जटिल परिस्थितिमा पनि अग्रमोर्चामा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आग्रह गरेको छ । संघले शनिवार एक बिज्ञप्ति प्रकाशित गर्दै प्रदेश र स्थानिय तहका सरकारहरुले स्वास्थ्यकर्मीको सवालमा गरिरहेका कार्यहरुको प्रशंसा गरेको छ ।

स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्यमा सरकारले गरिरहेका गतिविधि प्रशंसायोग्य भएपनि आबश्यक स्वास्थ्य शुरक्षाका सामानको अझै अभाव भइरहेकोमा ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष रमेश कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा जोखिम भत्ता,विमा र अन्य सुविधा तत्काल उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

यस्तै विराटनगर महानगरले स्वास्थ्यकर्मीले खाइपाइ आएको तलब बराबरको शतप्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयको संघले प्रशंसा गरेको छ । मानव स्वास्थ्यका लागि सबै स्वास्थ्यकर्मीले दिनरात केही नभनी कोरोना महामारी विरुद्धका काममा जुटिरहेको र भइपरी आउने हरेक परिस्थितीको सामना गर्न तयार रहेको समेत संघले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल