Birat Post बुधबार, बैशाख ०३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ बैशाख /
प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने विकास योजना, माग र आवश्यकताको आधारमा हुने बताएका छन् । उनले तराई पहाड र हिमालको समुचित विकास हुने गरी आधार तयार भएको बताए । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताए ।

यस अघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्र्दशनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने बताए । सरकारले चाहेको आर्थिक संमृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताए ।

अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताए । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामाना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत यो दिग्दर्शनले आधार तयार गरेको उनको भनाइ थियो । कोरोना भाइसरका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

कार्यक्रमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको बताए । यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताए । कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटका विषयमा ध्यान पु¥याउनुपर्ने अवस्था आएको बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल