Birat Post शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ५ बैशाख /
विराटनगर महानगरले नगरका वडाहरुमा कोरोनाको परिक्षण शुरु गरेको छ । महानगरको स्वास्थ्य टोलीको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परिक्षण गरिएको हो । होम क्वारेनटाइनमा रहेका र बिदेशवाट आएका २७ जनाको शुक्रवार परिक्षण गरिएको छ ।परिक्षण गरिएका सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगरका वडा नं १ र ३ मा रहेकाहरुको पहिलो चरणमा परिक्षण गरिएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । महानगरका १९ वटै वडाहरुमा केही दिनभित्रै परिक्षण सक्नेगरी काम भइरहेको मेयर पराजुलीले जानकारी दिए । अहिले सम्म महानगर सुरक्षित रहेपनि सिमाक्षेत्रवाट हुने समस्या समाधानका लागि अधितम प्रयास भइरहेको मेयर पराजुलीको भनाइ छ ।

परिक्षण पछि नेगेटिभ आएकाहरुलाई घर फर्काइने छ भने पोजेटिभ या संकास्पद भएकाहरुलाई आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने कुरा हुने विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यस अघि महानगरको निगरानीमा क्वारेन्टाइन बसिरहेकाहरु घर फर्किसकेका छन् । काठमान्डौका १ जना र जनकपुर २ जनालाई महानगरले पठाएको छ ।

यस्तै शुक्रवार मात्रै विराटनगरको बैझनाथपुरमा रहेको क्वारेन्टाइनमा ५ जना कोरोना आशंका गरिएका मानिसहरु राखिएको छ । कोरोना परिक्षणका क्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडा नं.१ का वडाध्यक्ष उद्धव अर्याल,वडा नं३ का वडाध्यक्ष बिनेद बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

 आरडिटी  परिक्षणका क्रममा अनुगमन गर्दै

मेयर भीम पराजुली,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडा नं १ का वडाध्यक्ष उद्धव अर्याल,वडा नंं.३ का वडाध्यक्ष बिनोद बस्नेत लगायत :

 

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल