Birat Post सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ८ बैशाख /
कोरोना भाइरसका विषयमा नयाँ – नयाँ तथ्य र खोज गर्ने काम भइरहेका छन् । यद्यपी यसका विषयमा कुनै देश पनि निचोडमा पुग्न सकेका छैनन् । कोरोना भाइरसको उद्गम चीनले लकडाउन खोलेर कोरोना नियन्त्रणमा आएको दावी गरे पनि त्यहाँसमेत संक्रमित हुने क्रम रोकिएको छैन ।

अहिलेसम्म विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेका छन् । १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ । ६ लाख २५ हजारको मात्र उपचार पछि निको भएको छ ।

विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको सबैभन्दा बढी असर अमेरिकामा परेको छ । अमेरिकामा ७ लाख ६४ हजार भन्दा बढीलाई संक्रमण भएको छ । ४१ हजार भन्दा बढीको ज्यान गएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

दोस्रो पीडित राष्ट्र स्पेन हो । स्पेनमा १ लाख ९८ हजार ६७४ जना संक्रमित भएका छन् भने मृतक २० हजार ४५३ जना पुगेका छन् ।

इटालीमा १ लाख ७८ हजार ९७२ जना संक्रमित हुँदा २३ हजार ६६० जनाको ज्यान गइसकेको छ । फ्रान्समा १ लाख ५३ हजार संक्रमित हुँदा १९ हजार ७१८ भन्दा बढीके ज्यान गएको छ ।

जर्मनीमा १ लाख ४५ हजार ७४२ जना संक्रमित हुँदा ४ हजार ६४२ जनाको ज्यान गएको छ ।

बेलायतमा १ लाख २० हजार भन्दा बढी संक्रमित हुँदा १६ हजार ६० जनाको ज्यान गएको छ ।

कहाँ कति मानवीय क्षती :

चीनमा ४ हजार ६३२, इरानमा ५ हजार ११८, टर्कीमा २ हजार १७, बेल्जियम ५ हजार ६८३, ब्राजिलमा २ हजार ४६२, रुसमा ३६१, क्यानाडामा १ हजार ५८७ र नेदरल्यान्डमा ३ हजार ६८४ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै स्वीटजरल्यान्डमा १ हजार ३९३, पोर्चुगलमा ७१४, भारतमा ५५९, पेरुमा ४००, आयरल्यान्डमा ६१०, अस्ट्रियामा ४५२, स्वीडेनमा १ हजार ५४०, इजरायलमा १७२ तथा जापानमा २३६ जनाको ज्यान गइसकेको छ ।

दक्षिण कोरियामा २३४, चिलीमा १३३, इक्वेडरमा ४७४, साउदी अरेबियामा ९७, पोल्यान्डमा ३६०, रोमानियामा ४५१ र पाकिस्तानमा १६८ जनाको ज्यान गइसकेको छ ।

युएईमा ४१, अष्ट्रेलियामा ७१, सिंगापुरमा ११, इन्डोनेसियामा ५८२, कतारमा ८ र मलेसियामा ८९ जनाको ज्यान गएको छ ।

त्यस्तै बंगलादेशमा ९१, कुवेतमा ७, इराकमा ८२, न्यूजिल्यान्डमा १२, हङकङमा ४, अफगानिस्तानमा ३३, श्रीलंकामा ७ जनाको ज्यान गएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल