Birat Post मंगलबार, बैशाख ०९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ९ बैशाख /
विराटनगर महानगरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको सिलसिलामा ज्यान गुमाए उनीहरुलाई स्वास्थ्य सहिद घोषणा गर्न सरकार संग माग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खट्टिने स्वास्थ्यकर्मी,शुरक्षाकर्मी,पत्रकार,सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरुले ज्यान गुमाए स्वास्थ्य सहिद घोषणा गरी उचित क्षतिपूर्ती दिनुपर्ने माग अगाडी सारेको छ ।

मंगलवार महानगरका मेयर भीम पराजुलीद्धारा जारी विज्ञप्तिमा “यस संकटको घडीमा स्वास्थ्य सुरक्षाको सामाग्रीहरु निर्वाधरुपमा उपलब्ध गराउन र स्वास्थ्यकर्मीको लागि जोखिम भत्ता , बिमा लगायतका सुविधाहरु तत्काल प्रदान गर्न प्रदेश सरकार र संघीय सरकार संग माग गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खट्टिने स्वास्थ्यकर्मी,शुरक्षाकर्मी,पत्रकार,सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरुले ज्यान गुमाए स्वास्थ्य सहिद घोषणा गरी उचित क्षतिपूर्ती दिनुपर्ने माग समेत बिज्ञप्तिमा उल्लेख छ । यस्तै महानगरको मातहतमा रहेका स्वास्थ्य कर्मचारीको प्रोत्साहनका लागी आबश्यक प्रबन्ध गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

भनिएको छ ,स्वास्थ्य संस्थाहरु निर्वाध रुपमा संचालन गर्न नगर कार्यपालिकाको मिति २०७६।१२। १० गतेको निर्णय अनुसार साबिकको तलबभत्तामा नकट्ने गरी खाईपाई आएको तलब सुबिधामा शतप्रतिशत प्रोत्साहनभत्ता दिने निर्णय गरेका छौ । “यसका अलावा स्वास्थ्य शुरक्षाका लागि चाहिने सामाग्री जोहो गरेपनि त्यो प्रयाप्त नभएको भन्दै सरकार संग यथाशिघ्र स्वास्थ्य सामाग्री प्रदान गर्न माग गरिएको छ ।

यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अहोरात्र खट्ने जन निर्वाचित प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत महानगरका कर्मचारी तथा पदाधिकारीहरु, सुरक्षाकर्मी, सरसफाई कर्मचारी, म.स्वा.स्व.से., पत्रकार, बुद्दिजिवी, समाजसेवीहरुलाई समेत हार्दिक आभावर ब्यक्त गरिएको छ । महानगरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि शुरुवाती अवस्थादेखी गरिआएका कार्यहरु बिज्ञप्तिमा उल्लेख गरेको छ ।

महानगरद्धारा जारी बिज्ञप्ति :

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल