Birat Post शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ बैशाख /
नेपाली कांग्रेस विराटनगर महानगरले अस्पतालमा रहेका बिरामी ,आफन्त र कर्मचारीहरुलाई निशुल्क खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । लकडाउन शुरु भए संगै शुरु गरेको खाना खुवाउने अभियानमा महानगर समितिका सवै पदाधिकारीहरु खटिएका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेज शिक्षण अस्पतालका बिरामी, आफन्त र कर्मचारीहरूलाई कांग्रेस नगरले खाना खुवाउन शुरु गरेको  १८ दिन भएको छ ।

कांग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपानेले लकडाउनका कारण होटल तथा पसलहरु नखुल्दा बेरामी तथा बेरामीका आफन्त तथा कर्मचारीलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै खाना खुवाएको बताए । नगर समितिले रकम संकलन गरेर अस्पतालमा उपचारत बिरामी, कुरुवा, चिकित्सक, नर्स र कर्मचारीहरूलाई प्याकिङ खाना खुवाइरहेको न्यौपानेले जानकारी दिए । दैनिक ३ सय जनाले खाना खाइरहेका छन् “ न्यौपानेले भने यो अभियान फलदायी भएको र सम्वन्धित बर्ग लाभान्वित भएका छन् ।

यो अभियानलाई बेरामीका आफन्त र कर्मचारीहरुले स्वागतयोग्य कार्यक्रम भएको बताएका छन् । गाइघाट बाट आएका विरामीका आफन्त राम तामाङले बाहिर केही किनेर खाने ठाउँ नभएको र भोकै बसेको पिडा सुनाए । उनले भने“खाना खुवाउने कार्यक्रमले गरिब ,धनि सवैलाई सहयोग पुगेको रहेछ ।”

कार्यक्रममा युवा नेता तथा महानगरका मेयर भीम पराजुली, कांग्रेस नगर समितिका सचिव प्रकाश दाहाल ,तरुणदल उपाध्यक्ष सन्जिव चापागाई ,तरुण युवा नेता अक्षय सहनी ,राजु तामाङ,नेविसंघ नेता केशव गिरी ,बिष्णु भुर्तेल,त्रीभुषण गिरी,योगराज दाहाल लगाायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल