Birat Post शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ वैशाख ।
प्रदेश १ सरकारलाई वल्र्ड भिजन इन्टरनेशनलले ३४ लाखको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तण गरेको छ । २ सय १५ वटा पीटीई सेट, ३२ थान आईआर थर्ममिटर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज वल्र्ड भिजन इन्टरनेशनल पुर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले हस्तान्तरण गरे ।

उनले पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको जानकारी गराए । वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरेको वल्र्ड भिजन फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट स्पेश्लीष्ट प्रमिल अधिकारीले जानकारी दिए ।

पीपीई ग्रहण गर्दै मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु वितरणको व्यवस्था मिलाईने बताए । हस्तान्तरण कार्यक्रममा वल्र्ड भिजनको साँझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल