Birat Post शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १२ /

कोरोनाका कारण शिक्षण संस्थाहरु खुल्ने कुरा अनिश्चित भइरहेका बेला विराटनगर महानगरले सम्वन्धित क्षेत्रका ब्यक्तिहरु संग परामर्श शुरु गरेको छ । सामुदायीक र संस्थागत विद्यालयका पदाधिकारी तथा सरकोकारवालाहरु संग शुक्रवार महानगरले छलफल गरी सुझाव मागेको छ । एस.इ.इ परिक्षाको तयारीमा रहेका र अन्य बिद्यार्थीहरु समेतको अवस्थाका विषयमा छलफल भएको विराटगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगर भित्र रहेका सामुदायीक र संस्थागत विद्यालयहरुले परिक्षाफल प्रकाशन गरे -नगरेको र लकडाउनको समयमा विद्यार्थीहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी अध्ययन गराउन सकिन्छ -सकिदैन भन्ने विषयमा छलफल भएको छ । मेयर पराजुलीले भने “लकडाउनको अबधि र अवस्था हेरेर महानगरले शैक्षिक क्षेत्रमा रहेका समस्या समाधानका लागि जुट्छ ।” विराटनगरमा रहेका शैक्षिक क्षेत्रका अगुवा र बिज्ञहरुको सुझावका आधारमा विद्यार्थीलाई शिक्षण प्रक्रियामा सहभागी गराउने पक्षमा महानगर रहेको मेयर पराजुलीले जानकारी दिए ।

यस्तै महानगरले विद्युतिय माध्यमवाट परिक्षाफल निकाल्न विद्यालयहरुलाई आग्रह गरेको विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । सामुदायीक र संस्थागत विद्यालयको वार्षिक परिक्षाको नतिजा यही बैशाख २० गते र कक्षा ८ को बैशाख २५ गते भित्र निकाल्ने तयारी भएको छ । विद्यार्थी भर्ना अभियान जेष्ठ १५ गतेसम्म तोक्ने र पाठ्यपुस्तक खरिदका लागी बिक्रेता संग समन्वय गरी विद्यार्थीलाई पुस्तक खरिदको ब्यवस्था मिलाउने समेत तयारी भइरहेको खतिवडाले जानकारी दिए । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई भर्चुअल कक्षा सन्चालन लागि ७ सदस्यीय समति बनाइएको छ । समितिले शिक्षक छनौट गरी सिफारिस गर्ने अधिकार पाएको छ । समितिमा प्याप्सन,एनप्याप्सन ,हिसान लगायतका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ ।

यसैवीच कतिपय विद्यालयहरुले अध्ययन गर्न सहज होस भन्ने उदेश्यका साथ अनलाईन पढाइ शुरु गरेको समेत बताएका छन् । छलफलमा उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने,शिक्षक महासंघका अध्यक्ष बेदुकुमार खतिवडा, प्राध्यानाध्याप तथा शिक्षा सदस्य प्रतिनिधिहरु डां. अनिल पोखरेल,खेमराज भट्टराई,ज्ञानबहादुर खड्का,तुलसी दुलाल,इन्द्र राई,राजेन्द्र ढकाल,राजन छराहाङ्,महानगरका शिक्षा महाशाखा बिष्णुराज लामिछाने,शेखर पोखरेल,कृष्ण भट्टराई,प्रबेश दुलाल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल