Birat Post आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ बैशाख /
विराटनगर महानगरको सहयोगमा  युवाहरुले बनाएको रोबोर्ट आइतवार कोशी कोरोना अस्पताललाई हस्तान्तरण गरिएको छ । महानगरका मेयर भीम पराजुलीले अस्पतालका प्रमुख डा. संगीता मिश्रलाई हस्तान्तर गरेका छन् । संक्रमितको रेखदेख गर्न रोबोट सारथी बन्ने छ । विराटनगरका नौ जना युवाको समूहले बनाएको रोबोट कोरोना संक्रमितको उपचारमा निकै सहयोगी हुने विराटनगर महानगरपालिकाका मेयर पराजुलीले बताए । संक्रमितलाई आवश्यक सरसामान दिन र खाना पु¥याउन पनि निश्चित दूरी कायम गर्नुपर्ने अवस्थामा युवाहरूबाट भएको यो सहयोग निक्कै उपयोगि हुने अपेक्षा महानगरको छ ।

मिश्रले कोशी कोरोना अस्पतालमा उपचाररत संक्रमितलाई रोबोटमार्फत् खाना र आवश्यक सामान पु¥याउन सहज हुने बताइन् । अहिलेसम्म अस्पतालका कर्मचारीले नै संक्रमित बसेको कोठाको अगाडिसम्म खाना लैजाने गरेका थिए । अब रोबोटबाट लान मिल्ने भए पछी खुसी लागेको बताइन् । रोबोटले निर्मलीकरण स्प्रे , खाना बोक्ने तथा भित्रको दृष्य क्यामेरामा कैद गर्न सक्छ । बिरामीको अवस्था बुझ्न समेत सहज हुने हुदा यसवाट प्रशस्त लाभ लिन सक्नेमा आशावादी रहेको डांं मिश्रले बताइन । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,वडाध्यक्ष उद्धव अर्याल,कुमार पोखरेल,माधबराज वाग्ले,मीनकुमार आचार्य,देवेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल