कौशल निरौला मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीको रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले चैत ११ गतेबाट देशभर लकडाउन गरेको छ । यही लकडाउनले धेरैहद सम्म हामीलाई जोगाएको पनि छ । कोरोनावाट विश्व नै विषम परिस्थितिबाट गुज्रिरहेको छ । यो अवस्थामा मानिसहरुमा सामाजिक तथा मनौवैज्ञानिक विचलन समेत देखिन थालेको छ । लकडाउनका कारण मानिसहरु स्वच्छ खाने कुराको अभाव झेलिरहेका छन् भने कतिपय कसरी जीवन गुजारा गर्ने भन्ने विषयमा चिन्तित देखिन्छन् । अहिले सम्म त खाद्यान्न अभाव छैन । लकडाउन थपिइरहे यो अवस्था रहिरहला भन्ने चिन्ता पनि उत्तिकै छ । किसानले लाएको तरकारी तथा फलफूल नविक्दाको पिडा अझ धेरै छन् ।

यद्यपी कोरोनाले गर्दा मानिसको चेतना स्तर बृद्धी गरेको छ । सफाइमा मानिसहरुले ध्यान दिन थालेका छन् । हिजोका दिन भन्दा अवका दिन अझ स्वस्थ्य हुनेमा हामी अपेक्षा गरौ । यती हुदा हुदै पनि दैनिक जीवनमा चाहिने तरकारी तथा फलफूल बेच्ने स्थानमा भने अझै सुधार देखिदैन । हटिया होस या चोक चोकमा अव्यवस्थितरुपमा तरकारी बेचिरहेका कुरा सवैलाई थाहाँ छ । कोरोनाले समेत यो कुरालाई सच्याउन सकेको छैन । अहिले पनि अव्यवस्थितरुपमा बेचिरहेका स्थानवाट हामि तरकारी,फलफूल खरिद गरिरहेका छौ । यो अत्यन्त संबेदनशिल कुरा छ । भान्सामा चाहिने अत्यावश्यक तरकारी तथा फलफूलबाट भित्रने हरेक जिवाणुहरु मानिसका लागि घातक हुन सक्छ । समयले यति सवक सिकाउदा समेत नसुध्रने हामीहरु अझ बेवकुफ हौ ।

तरकारी तथा फलफूल संकलन सरसफाइ तथा निर्मलीकरण गरी जिवाणु तथा विषादिरहित बनाएर बजारमा आपूर्ति गर्ने गर्ने प्रयास अव सरकारले गर्नु पर्दछ । कृर्षि बिज्ञको सुझावका आधारमा राज्यले खानेकुराको नियमन गर्न जरुरी भइसकेको छ । हिजो जे भए -भए । अव त्यसरी चल्दैन र हामी सचेत बन्न जरुरी छ । जनस्तरवाट पनि यसकुराको दवाव दिउँ र आफुहरुले समेत नियमन गर्ने गरौ । कृर्षि क्षेत्रमा लामो अनुभव संगालेका पूर्व कृर्षि अधिकृत मनोज यादव तरकारी तथा फलफुलको सहजरुपमा निर्मलीकरण गर्न सकिने बताउछन् । जसका लागि क्लोरिनयुक्त रसायनः क्याल्सियम हाइपोक्लोराइट, सोडियम हाइपोक्लोराइट, ब्रोमो–क्लोरो रसायन, क्लोरिन डाइअक्साइड, बेकिङ सोडा ,नुनपानी ,भिनेगर ,कागतीको रस पानीमा डुवाएर निर्मलीकरण  गर्न सकिने यादव सुझाउछन् ।

सहजरुपमा निर्मलीकरण गर्न सकिने कुरा किन नगर्ने ? अव यस विषयमा स्थानीय सरकारहरु पनि लाग्नु पर्छ । आयात निर्यातमा सावधानी अपनाउन जरुरी भएको छ । समयको माग अनुसार नियममा बदल्न सके सवैका लागि राम्रो हो । विदेशवाट आयात हुने हरेक तरकारी ,फलफूल तथा खाद्य सामाग्रीका विषयमा प्रदेश सरकार र संघीय सरकारले चासो राख्नु पर्छ । यसो गरिरहेको अहिले पनि पाइदैन । ठूला कुरा गरेर मात्रै हुदैन । साना कुरावाटै कामकुरो बिग्रने हुदा बेलैमा तरकारी र फलफुलको निर्मलीकरणमा व्यवसायीलाई प्रोत्साहन गरौ । यसमा सरकार सवै संयन्त्र लाग्न जरुरी भइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल