Birat Post शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

 – सन्तोष पोख्रेल

कुरा वि.सं. २०४७ सालको हो । भोजपुर बहुमुुखी क्याम्पसमा म प्रविणता प्रमाणपत्र तहको प्रथम बर्ष पढ्दै थिएँ । कक्षा शुरु भएको केही महिना वितिसकेको थियो । रामेश्वर चापागाई सरले नेपाली विषयको एकाइ परीक्षा लिनु भयो । मैले पनि परीक्षा दिएँ । सरले भोली पल्ट कक्षामा कपी परीक्षण गरी फिर्ता दिदै हुनुहुन्थ्यो । मेरो पालो आयो सरले पास भएको नम्बर सुनाउनु भयो । धेरै जना साथीहरु नेपाली बिषयमा अनुतिर्ण भएका थिए ।

सरले सबैको कपी फिर्ता दिदै जानुभयो । मैले मेरो कपी पनि फिर्ता पाएँ ।कपी सरले अति मिहिन तरीकाले हेर्नु भएको थियो । मलाई २ अंक थपेर पास नं दिनुभएको रहेछ । साथीहरुका अगाडी अनुतीर्ण भएको सन्देश नगएकोमा मेरो मन प्रफुल्ल भयो । सरले कपीका हरेक लाइन सच्याई दिनुु भएको थियो । यसरी विद्यार्थीका हरेक कम्जोरीलाई गहन रुपमा हेरेर सुुझाब दिन र उसलाई शिक्षा प्राप्तीमा उत्प्रेरीत गर्न कतिपनि झन्झट नमान्ने रामेश्वर सर आज हामी माझत हुनुहुन्न तर उहाँका यस्ता धेरै स्मरण मेरो जीवनमा ताजै रहेका छन् । बि.सं. १९९९ सालको फाल्गुण २६गते मंगलबार महाशिबरात्रीका दिन तत्कालिन मूलपानी गा.बि.स.बडा नं. ३ हाल षडानन्द नगरपालीका वडा नं. ४ साङराङ,भोजपुरमा जन्मनुभएका रामेश्वर सर अति शालिन र भद्र स्वभावको हुनुहुन्थ्यो ।

अनावस्यक कुराहरु वोल्न नरुचाउने रामेश्वर सर आफ्ना विद्यार्थीहरुलाई भने अतिनै माया गर्नु हुन्थ्यो । बि.सं. २०२४ सालदेखि शिक्षण सेवामा प्रवेश गरी बि.सं. २०६३ सालसम्म शिक्षण कार्यमा सेवा गर्नु भएका रामेश्वर सर र म बीचका केही स्मरणीय क्षणहरु रहेकाले उहाँलाई म कहिलै बिर्सन सक्दिन । एका तर्फ उहाँ आफैँ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो उहाँको एउटा छात्र म पनि बि.सं २०५० सालदेखि हाल सम्म शिक्षण पेशामा नै आवद्ध छु र उहाँको पेशा पछ्याउन पाएकोमा गौरब महसुस भएको छ । बि.सं. २०५० सालको कुरा तत्कालिन जिल्ला शिक्षा कार्यालय,भोजपुरको सुुचना अनुुसार प्राथमिक शिक्षक छनौट समितिको अन्तर्वाता सम्बन्धी सुचना निस्कियो । लिखित परीक्षामा उतिर्ण म अन्तवार्ता दिन भोजपुर गएँ । शिक्षक छनौट समितिका तीन सदस्यमध्ये रामेश्वर सर पनि एक सदस्य हुनुहुदोरहेछ , सुन्ने वित्तिकै खुसी लाग्यो ।

आफूूलाई पढाउने गुुरु जसमा पनि मलाई औधी माया गर्ने उहाँ स्वयं अन्तवार्ता बोर्डमा भएर प्रश्न सोध्ने भएपछी मलाई हौसला मिल्यो । म तत्कालिन कमर्सको विद्यार्थी भएपनि सरले कमर्सका विद्यार्थीहरुलाई नेपाली पढाउनुहुन्थ्यो त्यसैले पनि सर सँग म नजिक थिएँ । त्यसमा पनि सर प्रजातान्त्रिक विचार वोक्ने प्राध्यापक म नेपाल विद्यार्थी संघको तत्कालिन क्याम्पस इकाइको एक पदाधिकारी । सरकी कान्छी छोरी सुनीता हाल अमेरीका बस्नुहुन्छ हामी ने.बि.संघको क्याम्पस इकाइमा सँगै काम गथ्र्यौ त्यसैले साथी पनि थियौँ । जसकाकारण पनि सरको निवासमा मलाई सजिलै पहुँच थियो । कहिलेकाँही म सरको क्वाटरमा पुुगेर गुुरुआमाले बनाएको चिया पिउँथेँ । बाल्यकाल त्यसमा पनि डेरा गरेर बसेको मेरालागि गुरुआमाले माया गरेर बनाएर दिएको चिया अमृत समान हुन्थ्यो । अन्तरवार्ताको दिन विहानै जिल्ला शिक्षा कार्यालय भोजपुर पुुगेँ त्यसवेला जिल्ला शिक्षा कार्यालयको आफ्नै भवन थिएन । टुडिखेलमूुनी सायद नारदमूनी थुलुुँङको घर हुनुपर्छ त्यहाँ अन्तरवार्ता हुदै थियो ।

मेरो पालो आयो,म भित्र गएँ । सरलाई देख्ने बित्तिकै मलाई हिम्मत जागेर आयो । १७/१८ बर्षको ठिटो म अहिले जस्तो मिलाएर न वोल्न जान्दथे न सवै कुरा गर्ने आँट नै आउथ्यो । सरले प्रश्न सोध्न सुुरु गर्नु भयो – ज्यापुु लेख त ! मैले कोठामा रहेको कालोपाटीमा ‘ज्यापुु’ लेखेँ । त्यसवेला सम्म पनि मलाई ‘ज्यापूू’ एउटा नेवार समुदायको थर पनि हो भन्ने कुरा थाहा थिएन । ‘ज्यापुु’ ‘ज्यापूू’ फरक शब्द हुन भन्ने थाहा रहेनछ । सरले दुवै अर्थ सोध्नुभयो मैले कपासको वियाँ मात्र भन्ने जवाफ दिएँ । सर मुसुुक्क हाँस्नुभयो र अरु प्रश्न सोध्नुु भयो मैले जवाफ दिदै गएँ । अन्तरवार्ताकार ध्यान बहादुर राई सर र  तत्कालिन जि.शि.अ. सूर्य नारायण लाल कर्ण सरहरुले सोधेको प्रश्नको जवाफ दिएर म फिरे । रिजल्ट आयो प्राथमिक शिक्षकमा सफल भएँ ।

मलाई शिक्षण पेशामा प्रवेश गर्न योग्य छ भनि छनौट गर्ने रामेश्वर सर आज त हामी वीच हुनुहुन्न तर म उहाँको बाटोमा हिडिरहेको छु र आफूले अपनाएको पेशा प्रति गौरब महशुुष गरेको छु । यतीमात्रै हैन रामेश्वर सरले प्राथमिक शिक्षकमा योग्य नठहराएको भए म कमर्सको विद्यार्थी आज कुनै अन्य क्षेत्रमा काम गरीरहेको हुने थिएँ होला । त्यस वेला शिक्षा क्षेत्रमा प्रवेश गरेकै कारण बि.कम. उतिर्ण गरेपछी बि.एड हुदै शिक्षा शास्त्र अन्तर्गत शैक्षिक योजना र ब्यवस्थापन बिषयमा स्नातकोत्तर पुरा गरेँ ।

हाल म रामेश्वर सरले बि.सं. २०२७ भदौ ३ गते देखि बि.सं. २०३० साल असार ३२ गते सम्म शिक्षण गर्नु भएको बिराटनगरमा रहेको नेपालकै एक ऐतिहासिक विद्यालय श्री आदर्श माध्यमिक विद्यालयको प्राचार्य छुु । हाल यस विद्यालयमा ३५०० भन्दा बढी बिद्यार्थी अध्ययनरत छन् । आफ्नै गुरुले यस आदर्श माध्यमिक विद्यालयमा काम गर्दागर्दै बि.सं. २०३० साल बैशाख ७ गते भोजपुर जिल्लाको दलगाउँ भन्ने ग्रामिण क्षेत्रमा जन्मेको म आज यस आदर्श मा.वि.को प्रमुख हुदै गर्दा रामेश्वर सरको त्यो निष्कपट, निष्कलंक, निष्पक्षता,र शालिनतालाई सिरोधार्य गरेर अगाडि बढ्ने प्रयास गर्ने छु ।

आदर्श विद्यालयको एक जना पूर्व शिक्षक हजुर , हजुरका प्रेरणादायी सन्देश आदर्श माध्यमिक विद्यालयका हरेक विद्यार्थी माझ पुुर्याउने वाचा गर्दछु । सर जहाँ रहेपनि मलाई आशिर्वाद दिनुहुने छ । हजुरलाई कदापी भुल्ने छैन । सर हजुरको प्रथम स्मृति दिवसमा हार्दिक श्रद्धा सुुमन चढाउछुु । अस्तुु ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल