लकडाउनका कारण काठमान्डौंमा फसेकाहरु विराटनगर आइपुगेपछि के भने ?

आफ्ना नागरिकले दुःख पाएको हेर्ने कुरै हुन्न : मेयर पराजुली

रोशिका अधिकारी मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १६ बैशाख / 
लकडाउनका कारण काठमान्डौंमा अलपत्र परी फसेका विभिन्न व्याक्ति तथा विद्यार्थीहरुलाई विराटनगर महानगरले उद्दार गरि विराटनगर ल्याइएको छ । मंगलवार दिउसो उनीहरु विराटनगर आइपुगेका हुन् । काठमान्डौ वाट ल्याइएकाहरुको विराटनगर स्थित ढाटमा हेल्थडेक्स स्थापना गरी तापक्रम स्कृनिङ् गर्नका साथै पारिवारिक विवरण उतारिएको छ । काठमान्डौंबाट ल्याइएका नगरवासीहरुलाई स्वागत गर्न ढाट पुगेका मेयर पराजुलीलाई यात्रुहरुले धन्यवाद दिएका छन् । विपतका वेला गरेको उद्दारवाट आफुहरु हर्षित भएको उनीहरुले बताए ।

काठमाडौंमा अलपत्र विराटनगरका बासिन्दालाई लिन विराटनगर महानगरपालिकाले सातवटा बस पठाएको थियो । मंगलवारमात्रै काठमान्डौं वाट १ सय ३६ जना र जनकपुरवाट २२ जना विराटनगरवासीहरु फर्किएका छन् । हामीले आफ्ना नागरिकहरुको उद्दार गरेका छौ “मेयर पराजुलीले भने । ” हामी कन्जुस्याइ गर्दैनौ, बरु हाम्रा नागरिकलाई होम क्वारेन्टाइन र निगरानीमा राख्छौ ।” विराटनगरका नागरिक लिन पठाएको गाडीमा काठमान्डौका १ सय ६० जना पठाएको तर प्रवेश नाका नागढुंगामा यात्रुहरुलाई दुख दिएकको भन्दै पराजुलीले काठमाडौंको हेपाहा प्रवृत्तिवारे खरो टिप्पणी गरे ।

आफ्ना नागरिकले दुःख पाएको हेर्ने कुरै हुन्न मेयर पराजुलीले भने “जस्तोसुकै मूल्य चुकाए भए पनि उद्दारका काम गरिन्छ ।” यस्तै मोरङ समाज (मोसोका)  का अध्यक्ष मुरारी काेईरालाकाे संयाेजकत्वमा समाजले  अलपत्र,समस्यामा परेका र विद्यार्थीहरुलाई विराटनगर पठाउन खेलेको भूमिकाको मेयर पराजुलीले प्रशंसा गरेका छन् । यसैगरी विराटनगर भित्रिएका यात्रुहरुको तापक्रम स्कृनिङ् गरिएको छ । विराटनगर महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले दुइ सिफ्ट गरेर आउने सवै यात्रीहरुको स्वास्थ्य रिपोर्ट लिएको जानकारी दिए ।

नगरवासीको खुसी भिडियोमा :

 

सम्बन्धित

ताजा अपडेट
शाही युवा शक्ति नेपालले चैत ९ गते राजतन्त्रको पक्षमा र्‍याली प्रदर्शन गर्ने
लहलहैमा लागेर गणतान्त्रिक मोर्चा बनाउनु पर्छ भन्नेमा म छैन,मुलुकमा देखिएको चुनौतीलाई कांग्रेसले नै निकास दिन्छ : नेता केसी
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,कस्तो रहला आजको मौसम ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल