Birat Post मंगलबार, बैशाख १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

महोत्तरी १६ बैशाख /
महोत्तरीका सांसद तथा जनता समाजवादीका नेता डा सुरेन्द्र यादवलाई ‘अपहरण’ मा प्रहरीकै एक गाडी प्रयोग भएको पाइएको छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट आन्तरिक रुपमा अगाडी बढाइरहेको अनुसन्धानका क्रममा प्रहरीको गाडी प्रयोग भएको पाइएको हो। प्रहरीका उच्च तहका अधिकारीहरुले चढ्ने स्कोर्पियो गाडी सांसदलाई काठमाडौं ल्याउने क्रममा प्रयोग भएको पाइएको सुरक्षा स्रोतको दावी छ।

सो स्कोर्पियो गाडी नेपाल प्रहरीको हो वा सशस्त्र प्रहरी कस्को हो भन्नेमा पनि प्रहरीका अधिकारीहरु अनुसन्धानमा लागेका छन्। प्रहरीमा एसएसपी भन्दा माथि वा कार्यालय प्रमुखहरुले प्रयोग गर्ने खालको स्कोर्पियो गाडी सांसद यादवलाई काठमाडौं ल्याउने क्रममा प्रयोग भएको पाइएपछि महोत्तरीदेखि काठमाडौं आउने बाटोका प्रहरीको चेकपोइन्टहरुमा रहेको सीसीटीभी फुटेज हेर्ने काम भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र कस्को गाडी प्रयोग भन्ने बारेमा एकिन नभएपनि दुबै संगठनका उच्च अधिकारीहरुले यसमा छानविन शुरु गरेको स्रोतको दावी छ। यादवलाई लिन नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल महोत्तरी गएका थिए।काठमाडौं आइसकेपछि यादव उनीहरुबाट फुत्किइ तत्कालिन समाजवादीका नेताहरु भएको ठाउँमा पुगी आफू अवर्जस्ती काठमाडौं ल्याइएको र राजनीतिक अपहरणमा परेको बताएका थिए। उनले अहिले प्रहरी र सरकारी वकिलकहाँ अपहरणको उजुरी दिन खोजेपनि सरकारको दवावमा ति निकायहरुले उजुरी लिएको छैन। यादव अब अदालतमै गएर उजुरी गर्ने तयारीमा छन्।

सम्बन्धित

ताजा अपडेट
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त
नेपाली भजन शिरोमणि भक्तराज आचार्य र भारतीय गजल गायक पंकज उदासको निधन

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल