Birat Post बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

अमेरिका, १८ बैशाख / 

जुम भिडियो कलमार्फत कांग्रेस नेतृत्वद्धारा अमेरिकामा रहेका जनतासंग संवाद भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेस अमेरिकाको आयोजनामा संस्थाका सल्लाहकार तथा एन. आर. एनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कोरोना भाइरसको महामारी भइरहेका बेला बिदेशमा बसिरहेका नेपालीको अवस्था र नेपालमा भइरहेका विषयमा संम्वाद केन्द्रीत  रहेको थियो ।

भिडियो संवाद कार्यक्रममा ५६ जना व्याक्तिहरुले सहभागिता जनाएका थिए । भिडियो कल संवादमा नेपाली कांग्रेस नेतृ तथा जि.पि  कोइराला फाउन्डेसन अध्यक्ष सुजता कोइराला , नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ,कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेतृ सुजता कोइरालाले जि.पि  कोइराला फाउण्डेशन मार्फत देशैभर सामाजिक काम भइरहेको जानकारी दिइन् । उनले विदेशमा रहेका सवै नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरिन । कोरोना भाइरस सक्रमण नियन्त्रणमा नआए संम्म सवैले सजकता अपनाउन आबश्यक भएको बताइन् ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोभिड १९ को महामारी विश्वभर रहेको भन्दै यसवाट बच्न सवै सचेत बन्नुपर्ने बेला आएको बताए । उनले नेपाली नागरिकलाई सुरक्षित भएर काम गर्न समेत आग्रह गरे । नेपाली कांग्रेसको १४ औं अधिवेशन वाट नयाँ नेतृत्व आउने भन्दै उनले नेपालको हरेक समस्यामा विदेशमा रहने सवै नेपालीको साथसहयोग चाहिने बताए ।

त्यसैगरी कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कोरोनाले विश्वमा नयाँ बहस सिर्जना गरेको र भइपरी आउने हरेक विषयमा सामना गर्नु पर्नेमा जोड दिए । नेपाल सरकारले कोभिड १९ रोक्न कुनै स्पष्ट कार्यक्रम नल्याएको भन्दै सरकारको आलोचना गरे । बिदेशमा रहेका सवै नागरिकलाई लकडाउनको पालना गर्न र संयममित हुन आग्रह गरे ।

जि.पि कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेद्धारा संचालन भएको कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन क्यानडाका अध्यक्ष तुलसी पौडेल र सल्लाहकार डा. बिनोद पंगेनी, मकाउकी अध्यक्ष निर्मला थापा मगर, दक्षिण कोरियाका अध्यक्ष डा. अग्नि कोइराला, ओसेनियाका अध्यक्ष रमेश छत्कुली, तासमानियाका अध्यक्ष नवराज मुडवरी र एडेलेडका अध्यक्ष दिलीप कुमार पोख्रेल, जापानका अध्यक्ष कुमार कार्की, युरोपका सल्लाहकार डा. शिवाजी श्रेष्ठ, अमेरिकाका सल्लाहकार मोहन सीहं बीष्ट(सस्थांपक सदस्य जनसम्पर्क समिति (वी.पी. वावु संघ,बम्बै, भारत), न्यु जिलेन्डका सल्लाहकार बुद्वी सागर घिमिरे , प्रदेश ३ संयोजक रिता खनाल ,नेजससअ कापुर्व संयोजक बिष्णु सुवेदी, एनआरएन अमेरिका का पुर्व अध्यक्ष डा.केशव पौडेल, एनआरएन अमेरिका पुर्व सिनियर उपाध्यक्ष कृष्ण पोख्रेल, एनआरएन संयुक्त राज्यका नेता आर. के. त्रीपाठी, लायन्स क्लब नेपालका गोभरनर राजन खत्री, प्रोफेसर डा. केशव भट्टराई, पुर्व नेवि सघं केन्द्रीय सदस्य ज्ञानल थापा लगायतले आ आफ्ना धारणा राखेका थिए ।

संवाद कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्ले, मनार्थ सदस्यहरु देशराज संयोग, कृष्णराज गिरी र भरत अर्याल, केन्द्रीय सदस्य बिनोद थापा, सुर्य सिंखडा का साथै क्यानडा वाट उपाध्यक्ष निरन्जन थापा, महासचिव विद्याभुषण कार्की , सचिव उज्जल गौतम, प्रवक्ता राम कृष्ण रेग्मी, केन्द्रीय सदस्य प्रमेस गुप्ता, दक्षिण कोरीया का महासचिव कीशोर कोइराला, नेपाल ट्रेड युनियन काग्रेंसका नेता टी. पी. खनाल, नेवि सघं पुर्व महामन्त्री डा. यादव पण्डीत, ने.का. नेता विनोद भट्ट, ने.का. नेता नारायण खनाल(क्यालिफोर्नीया, एनआरएन अमेरिकाज क्षेत्रका डी.आर.सी. राम सी. पोख्रेल, ने.का. नेता ज्ञानेन्द्र कार्की(टेक्सस, नेवि सघं अमेरिका का पुर्व सभापति प्रभात सापकोटा, नेपाल तरुण दल अमेरिका का उपाध्यक्ष अन्नत राज सुवेदी ,जीपी फाउण्डेशन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल