Birat Post शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २० बैशाख /
कोरोनाका कारण लकडाउन भएको एक महिना बितिसकेको छ । यस दौरानमा प्रदेशका मुख्यमन्त्री,मन्त्री,सांसद् ,महानगर,उपमहानगरपालिका ,नगरपालिका ,गाउँपालिका लगायत सवै जनप्रतिनिधि मैदानमा देखिए । कोरोनाको केन्द्र मानिएको उदयपुर लगायत विभिन्न जिल्लामा पुगेर मन्त्रीहरुले जनतालाई आश्वासन दिए । स्थानीय तहका जनप्रतिनिधिले छाती ठूलो पारेर विपदमा जुटे ।

तर यो विपदका बेला प्रदेश नं.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ के गर्दै छन् ? आम जनमानसमा यो प्रश्न उठ्न थालेको छ । प्रदेश प्रमुखले कोरोनाको कहरमा समेत जनतालाई संबोधन गर्न सकेनन् । बुद्धिजिविहरुले अहिले यही बिश्लेषण गर्न थालेका छन् । नगर र समाजमा यस विषयमा बहस शुरु भएको छ ।

यही स्थानमा पूर्व प्रदेश प्रमुख गोबिन्द तुम्वाहाङ् भएको भए पक्कै पनि चुप लागेर बस्ने थिएनन् बुद्धिजीवी दधिराज सुवेदीले भने “ जनताको मनजित्ने मानिस राज्य सन्चालन प्रणालीमा हुनुपर्दछ ।” तुम्वाहाङ्ले सवैको मन जितेका थिए । अहिलेका प्रदेश प्रमुखको कार्यशैली प्रति उनकै दल सम्वन्ध नेताहरुमा समेत अशन्तुष्टि देखिएको छ । एक नेताले नाम नखोल्ने सर्तमा भने प्रदेशभित्रकै प्रमुख हुनुपर्दोरहेछ । प्रदेश प्रमुखको हैसियतमा जिल्ला–जिल्लामा गएर केही गर्न सकिन्थ्यो तर उहाँले खै किन गर्नु भएन ।”

२०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद रहेका प्यासी २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा उम्मेदवार भएपनि पराजित भएका थिए । गत २०७६ साल कार्तिक १८ गते प्रदेश नं.१ का प्रदेश प्रमुखमा नियुक्त भएका उनले विद्यमान कोरोना सक्रमणमा भने कतै देखिएका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल