Birat Post बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २४ बैशाख /
नेपाली कांग्रेस नेतृ तथा जिपि कोइराला फाउन्डेसन अध्यक्ष सुजाता कोइरालाले लकडाउनको समयमा जनताले भोगिरहेका समस्याका विषयमा सरकार गम्भीर बन्न आबश्यक रहेको बताएकी छन् ।  बुधवार गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्धारा जुम भिडियो कलमार्फत विराटनगरका पत्रकारहरु संग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

लकडाउनका कारण सिमान्तकृत तथा विपन्न बर्गले भोगिरहेको समस्याका विषयमा सरकारले अबिलम्ब सम्बोधन गर्न आबश्यक भएको बताइन् । कोरोनाका कारण भन्दा खान पिनको अभाव र स्वास्थ्य जाचको अभावमा जनताले अधिकतम समस्या भोगिरहेको बताइन् । विभिन्न देशहरुमा फसिरहेका नागरिकहरुलाई उचित सुरक्षा प्रबन्ध र अवस्थावारे रिपोर्ट उतार्न समेत कोइरालाले सरकार संग आग्रह गरिन् । जि.पि कोइराला फाउण्डेशन मार्फत देश तथा विदेशमा समेत सामाजिक काम भइरहेको भन्दै उनले नागरिकका हरेक समस्यामा फाउन्डेसन मार्फत काम भइरहेको जानकारी दिइन् ।

कोरोना सक्रमण नियन्त्रणमा नआए संम्म सवैले सजकता अपनाउन समेत उनले आग्रह गरिन् । कोइरालाले बहस र छलफलका माध्यमबाटै हरेक समस्याको समाधान निस्कने भन्दै सत्तापक्ष दलहरुको राम्रा कामको समर्थन र गलत कामको विरोध गर्न आबश्यक भएको बताइन् । कोरोनाका कारण देशमा आउन सक्ने आर्थिक तथा सामाजिक बहस कायम राख्दै विकल्प सहित जनतालाई संबोधन हुने उचित व्यवस्थाका लागि राज्य गतिशिल हुने बेला आएको बताइन् ।

यसका लागि प्रतिपक्षि भुमिका निर्वाह गरिरहेको कांग्रेसले थप निगरानी गर्ने र सरकारलाई घचघचाउने काम गर्न आबश्यक भएको नेतृ कोइरालाले बताइन् । फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजनमा भएको जुम भिडियो कलमा विराटनगरका बरिष्ठ पत्रकार शेखर रेग्मी,मीनकुमार नवोदित , अभय राई ,विनोद सुवेदी ,गोपाल पोखरेल ,धिरज दाहाल र अनुज सापकोटा लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल