सन्ताेष पाेख्रेल शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

शैक्षिक सत्र २०७७ का लाग नयाँ भर्ना गर्नु पर्ने समय सिमा पनि समाप्त भै सकेको छ । कोरोना संकट का कारण विद्यालयहरुले नयाँ विद्यार्थी भर्ना गर्न सकेका छैनन । कोरोना समस्याका कारण विद्यालय बन्द छन । विद्यालय खुल्ने समयको अनुमान गर्न पनि सकिएको छैन । वालवालिकाहरु घरमा वसेर दिक्क मानिरहेका छन । यसवेला उनिहरुलाइ हौसला चाहिएको छ।

हाल केही सामुदायीक र संस्थागत विद्यालयले विद्यार्थी भर्नाका लागि अनलाइन फारम भराइरहेकाछन । यो पनि सवै विद्यार्थी को पहुँचमा छैन । तर पहुँचमा नभएका विद्यार्थी कालागि विद्यालयले विकल्प खोज्नु पर्छ । यसका कैयौ विकल्प छन । एउटा तह पूरा गरेर अर्को तहमा भर्ना हुन चाहने विद्यार्थी र भर्ना गराउन चाहने अभिभावकले आफ्नो विद्यालय कुन हुने भनेर टुंगो मा नपुगे सम्म उनिहरुलाइ मानसिक दवाव परिरहन्छ । आफ्नो विद्यालय यो हो भनेर थाहाँ पाएका र पढ्दै गरेका नानीहरुलाईत केही हुन्न तर जसले तह पार गरेका छन उनीहरुले आफुले पढ्ने पुस्तक निर्धारण समेत गर्न पाएका छैनन ।

एकातिर सामुदायीक विद्यालयले आफुले खरिद गर्नु पर्ने पाठ्यपुस्तक को संख्या निर्धारण गर्न नसकेको अवस्था छ भने अर्कोतर्फ वालवालिकाले स्वअध्यन गर्ने एकमात्र भरपर्दो विकल्प पाठ्यपुस्तक पाएका छैनन। पाठ्यपुस्तक नै नपाउदा उनिहरु चिन्तित छन ।कुन विद्यालयवाट पुस्तक पाउने भन्ने कुरानै अन्योल ग्रस्त छ ।यस्तोअवस्थाले वालवालिकालाइ मानसिक दवाव नहुने तर विद्यालय रोज्न निशुल्क फारम भर्दा भराउदा मानसिक दवाव हुने यो तर्क मनासिव देखिदैन ।

सरकारले गरेको परिपत्रले पनि वालवालिकालाइ अन्योलमै पारेको देखिन्छ । साढेको जुधाइ वाच्छाको मिचाइ हुने अवस्था वालवालिकाहरुमा हुनु हुन्न । अफलाइनका विकल्प हरु धेरैछन ।शिक्षकहरुले आफ्ना नानिहरुका लागि स्वयं योजनाहरु वनाएर सिकाउन पाउनु पर्छ ।अन लाइन अफलाइन दुवै विकल्प जरुरी छ ।अनलाइन जस्तै अफलाइन का कार्यहरु पनि धेरै भएका छन तिनीहरुको चर्चा बाहिर आउन नसकेको कारण अनलाइन चर्वढी देखिदै आएको हो

केही विद्यालयहरुले अनलाइन फारम भराइरहेका छन ,फारम भराउदा जसले भर्छन यो पनि सिकाइ हुन्छ । हिजो हस्त लिखित निवेदनको आवस्यक्ता परेको वेला निवेदन लेख्ने सीप चाहीन्थ्यो आज अनलाइन काम हुन्छन धेरै कार्यालयमा, त्यो सीप पनि जरुरी छ ।त्यसैले सीपको उपयोग पनि हुने फारम भर्ने काम पनि हुने ,अनि किन यसवाट वालवालिका र अभिभावकलाई मानसिक दवाव हुन्छ ?

घरमा वसेर अनलाइन उपयोग गर्ने नानीवावु हरुले गलत साइड हरुमा गएर अनावस्यक विषयमा आफुलाइ ब्यस्त वनाउदैछन । गेम खेल्ने नाममा गेम लाई अम्मल वनाउने खतरा वढेको छ । यस्तो अवस्थामा उनिहरुलाइ केही विद्यालयले सिकाइ कार्यमा अनलाइन मार्फत ब्यस्त वनाइरहेका छन । तर अनलाइन शिक्षण गर्दा देखासिकीका नाम मा भने गरिनु हुन्न यसलाई दक्ष प्राविधिक सीप भएका मानिसको सहयोग लिनु पर्दछ ।

अनलाइन शिक्षणलाई बन्द गर्नु भनेको सवै जनताले पिचवाटो मा हिन्न पाएका छैनन तेसैले वनेको पिचवाटोमा पनि हिन्न पाउनु हुदैन भनेको हो। सवैकाघरमा टिभी छैन भएपनि केवल सहितको टिभी छैन तेसो भए टिभी कार्यक्रम पनि बन्द गरौ,रेडियो पनि अनलाइन मात्रै वज्छन सवैका घरमा रेडियो छैन रेडियो कार्यक्रम बन्द गरौ,सवैले वोर्डिङ पढ्ने हैसियत राख्दैनन,संस्थागत विद्यालय बन्द गरौ , सवै विद्यालयमा प्रविधीमैत्री शिक्षण छैन भएकाहरुको वन्दगरौ , यसरी हुन्छ ? बरु वाँकी विद्यार्थीका लागि विकल्प खोजौ । तर गरेको कामलाई हतोत्साही नगरौ ।

संविधानले सवै नेपाली नागरिकका छोराछोरी लाई माध्यमिक तह सम्मको शिक्षा निशुल्क दिनु पर्छ भनेको छ तर हामी कीन शुल्क लिइरहेका छौ । समानताको कुरा गरेर भए गरेको प्रगति रोक्छौ भने भोली सवै स्कुलका वालवालिका मा प्रविधीको पहुँच नपुर्‍याउनजेल कसैले पनि प्रविधीमा सिकाएनन भने हुन्छ । बरु पढ्न नपाएकालाइ घर घर लगेर पुस्तक दिउँ,शिक्षकलाई घर घर पठाउँ, परामर्श दिउँ,अफलाइन सामाग्री वाँडौ ,रेडियो नहुनेलाइ रेडियो दिउ। रेडियोबाट पढाउँ,टेलिभिजन वाट पढाउँ एकाघरमा भएका दाजु दिदी वाट पढ्न उत्प्रेरित गरौँ,गार्जेनलाइ नयाँ स्कुलीङका नयाँ तरिका सिकाउँ,अनुभवमा आधारित परियोजना मुलक सिकाइ अवसर सिर्जना गरौं ,प्रोजेक्ट वर्क दिउँ,विज्ञान शिक्षकले पुतलीको ,भ्यागुताको जीवन चक्र अवलोकन गर्न लगाउँ,वालि लगाउने वेला छ बीउ रोप्ने तरिका सिक्न लगाउँ,विषम अवस्था छ प्रकोप ब्यवस्थापनको अनुभव गर्न लगाउँ,देशमा भएका समस्या पहिचान गर्न भनौँ ग्रामिण टेक्नोलोजी नाङ्ला ,डाला ,नाम्लो आदि वन्न उत्प्रेरित गरौं ,माछाका भुरा पोखरीमा कसरी वढ्छन लेखेर लेउ भनौ कुखुराले अण्डा कति दिनमा कोरल्छरु भनेर फोनमा सोधेर वुझ्न लगाउँ ।

नैतिक आचरण र संस्कारका तरिका सिक्ने अवसर सृजना गरौँ,वृद्ध वृद्धाको वारेमा कितावमा पढाउने कुराहरु जस्तै हजुरवालाइ हजुर आमालाइ सेवागर्ने कुरा सिक्ने वातावरण वनाउँ, जुन दिन स्कुल लाग्छ त्यस पछी सवै लाई भेला पारेर छलफल गराउँ । सवैको सिकाइ एउटै टोकरीमा पारौं । तेसपछी हेरौं स्कुल भेलाभएर सिकेको भन्दा वढी वच्चाले रमाएर सिकेको हुन्छ ।तर जसले जहाँवाट सिकाउदैछन उनीहरु प्रयास गर्दैछन।यो संकटको घडी हो, यो पुर्णता होइन भन्ने कुरा सवैलाइ थाहा छ । तेसैले सवै ठाउँ वाट सवै लागौ विरोधकानाममा विरोध नगरौँ। इच्छाशक्ति भएकालाई काम गर्ने अवसर दिउ । निर्देशन दिँदा विचार पुर्याएर दिउँ ,त्यसले के असर पुग्छ भनेर ।

तथ्य र तथ्यांक भित्र रहेर विश्लेषण गर्न सकियो भने मात्रै यो दिगो हुन्छ। मलाई लाग्दैनकी कुनैपनि विद्यालयले अनलाइन को माध्यमवाट विद्यार्थी एडमिसननै गरेकाछन । यदि एडमिसन नै गरेका हुन भने यो गलत हो। हतारिनु आवस्यक छैन ।तर केही विद्यालयहरुले आफ्नो विद्यालयमा कति विद्यार्थी को अकर्षण रहेछ र ती आफ्नो विद्यालयमा आउनचाहने विद्यार्थी हरुलाई विद्यालयले कसरी एडमिसन लिन सक्छ र त्यसका लागि के गर्न सकिन्छ भनेर योजना वनाउन अनलाइन मार्फत निशुल्क फारम भराइरहेको छ भने यसलाई गलत रुपमा लिनु हुदैन। मात्रै सर्वेक्षण सहितको फारम भर्ने काम हो भने । यो फारम मात्रै एडमिसनकालागि पुर्ण होइन ।

हाल अनलाइन चर्चा वढी भएको अवस्था छ जति पनि बहस र चर्चा हुनेगरेका छन अनलाइन वाटै भइरहेका छन,अनलाइन को पहुँच नहुनेहरु न यी वहसमा सामेल छन न पढ्न पाउँछन्।तेसैले अफलाइन वाट पनि काम गर्नु पर्छ । र विद्यालयहरुले अफलाइन काम गरिरहेको अवस्था छ नगरेको भए आफ्ना विद्यार्थी पहिचान गरेर गर्नु पर्छ।रिजल्ट निकाल्दा पनि धेरैले अनलाइन नै प्रयोग गरिरहेकाछन । यसमा सचेत भएर विश्लेषण गरौ ।सवै विद्यालयको सम्पति भनेकै वालवालीका हुन भन्नेकुरा अरुले भन्दा वढी विद्यालयले वुझेको हुन्छ ।

विद्यालयले आफ्ना नानी हरुलाइ कसरी सवैभन्दा वढी विकल्पहरुको सुविधा दिन सकिन्छ भनेर सोचेको हुन्छ, छैन भने सोच्नु पर्छ । ती विकल्पहरु मध्येको अनलाइन एउटामात्र विकल्प हो ।अरु विकल्प का ढोका बन्द छैनन भन्ने कुरा विर्सनु हुन्न ।झन नीति निर्माण र अनुगमन तहबाट यस्ता कुरामा विश्लेषण गरेर मात्रै निर्णय गरिनु पर्छ ।सही कुरा अरु सवै तर अनलाइन को कुरा वच्चाकालागि अनुपयुक्त नै हो भन्न सकिन्न । यसका विविध कारण छन।

१,बच्चालाई अनावस्यक साइडहरुको प्रयोग वाट मुक्त गर्न ।
२, सिकाइका थप विषयवस्तु दिन ।
३,प्रविधि को उपयोग गरि भविस्यमा विद्यालय संचालन हुदाका वखतमा पनि परियोजना मुलक कार्यमा सहभागितामुलक काममा उत्प्रेरित गर्न ।
४, स्वअध्ययन अभ्यासमा आउने समस्याहरुलाइ तत्कालै समाधान गर्न ।
५, नजिकै भएका साथीहरुलाइ सहयोग गर्न।

तर अनलाइन शिक्षणमात्र अन्तिम विकल्प होइन । यसको पहुँच नभएका वालवालिकाका लागि रेडियो,टिभी वाट प्रसारित दुर शिक्षा त्यो पनि नभए अफलाइन शिक्षणका विकल्पमा पनि वहस हुनु पर्छ । तर संकटको घडीमा वालवालिकालाई अनावस्यक गतिविधि मा संलग्न हुनवाट वचाइ स्वअध्यन गराउने काम अभिभावक को हो ।

लेखक आदर्श मावि विराटनगरका सहायक प्रधानाध्यापक हुन् ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल