Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ बैशाख /
नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ वडा समितिले लकडाउनको कारण विपन्नहरुको जीवन यापनमा परेको समस्यामा सहयोग गर्ने उदेश्यका साथ ३५ क्विन्टल चामल र दुई सय ५० प्याकेट नुन महानगरपालिकाको वडा समितिलाई हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका वडा नम्बर ४ का वडा सभापति राजकुमार तबदार र नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बु, पूर्व सांसद अमृत अर्याल, नेका जिल्ला सचिव नागेश कोइराला, दिलिप गच्छदार, वीरेन माझी, शिवकमाुर बस्नेत लगायतले संयुक्त रुपमा वडाअध्यक्ष देवेन्द्र पोखरेललाई राहत सामाग्री हस्तान्तर गरे ।

वडा अध्यक्ष पोखरेलका अनुसार वडा नम्बर ४ का अति बिपन्न बर्ग जस्को दैनिक चुल्होबाल्ने विकल्प छैन उनीहरुलाई वडा समितिबाटै प्राप्त राहत वितरण गरिने छ । वडा नम्बर ४ मा यस अघि महानगरपालिकाबाट प्राप्त राहत १३ सयलाई वितरण गरिएको थियो । यस अघि नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइराला वडा नम्बर ४ को बनलौरी क्षेत्रका एक सयलाई राहत बितरण गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल