Birat Post सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ बैशाख ।
नेपालको भुमि लिपुलेकमा भारतले सडक बनाएको विषयलाई लिएर चौतर्फी आलोचना भएको छ । यसै विषयलाई लिएर सोमवार मोरङका पूर्व नेविसंघ नेताहरुआन्दोलनमा उत्रेका छन् । उनीहरुले भारतको मिचाहा  प्रबृत्ति र सरकारको रबैयाको विरोध गरेका छन् । यस्तै उनिहरुले परराष्ट्र मन्त्रालयले निकालेको प्रेस बिज्ञप्तिको विषयलाई लिएर समेत विरोध गरेका छन् ।

विराटनगरको गुद्री चौकमा जम्मा भएका पूर्व नेविसंघका नेताहरुले देशव्यापी आन्दोलनमा होमिने शंकेत देखाएका छन् । उनिहरुले सरकारलाई तत्काल बार्तामार्फत सीमाविवाद समाधान गर्न आग्रह गरेका छन् । विरोध कार्यक्रममा नेविसंघका पुर्वनेताहरु यदु बिष्ट, राजु मास्के, सन्तनु रेग्मी , मदन संग्रौला,रन्जित झा, सुर्यमाराज राई ,नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने ,कांग्रेस नेतृ पर्मिला थापा लगायतले भारतले नेपाली भुमि हस्तक्षेप गर्दा सरकारले औपचारीकतामात्र पुरा गरेको आरोप लगाएका छन् । उनिहरुले दुइतिहाइको सरकारले नेपाली भुमि बेचेको आरोप समेत लगाए ।

भारत , चिन र नेपालका प्रतिनिधि वीच तत्काल बार्ता थालनी नभए देशव्यापी आन्दोलनको विकल्प नभएको बताएका छन् । पूर्व नेविसंघ नेता राजु मास्केले आन्दोलनका लागि थप तयारी भइरहेको र सरकारले तत्काल त्रीपक्षिय बार्ता नगरे आन्दोलनले निरन्तरता पाउने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल