Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।
प्रदेश १ का विभिन्न इँटा उद्योगमा अलपत्र परेका भारतीय मजदुरहरुलाई स्वदेश फर्काउने पहल भएको छ । भारत सरकार संगको समन्वयमा मजदुरहरु फर्काउन लागिएको हो । यस विषयमा भारतले समेत चासो व्यक्त गर्दै आफ्ना नागरिक फर्काउन पहल गरिरहेको छ । यसको समन्वयकारी भूमिका कोसी अञ्चल इँटा उद्योग व्यवसायी संघले गरेको छ । संघको आग्रहमा नेपालस्थित भारतीय दूतावास आफ्ना नागरिकलाई स्वदेश फर्काउन सकारात्मक भएको हो ।

भारतीय मजदुरहरु लकडाउनका कारण अलपत्र परे संगै दुतावास संग समन्वय गरी मजदुर फर्काउन लागिएको हो ,संघका अध्यक्ष महेन्द्र साहले भने ,“हाम्रो आग्रहमा दूतावास आफैंले भारतीय मजदुर फर्काउन पहल लिएको छ ,यो सकारात्मक पक्ष हो ।’’ मोरङ,सुनसरी र झापाका इटा उद्योगमा काम गरिरहेका भारतीय मजदुरहरुको सूची तयार गरिरहेको साहले जानकारी दिए ।

यस विषयमा उद्योग संगठन मोरङले समेत चासो व्यक्त गरेको छ । संगठनका अध्यक्ष भीम घिमिरेले भारतीय दूतावासका अधिकारीहरुसंग इँटा मजदुरको समस्याका विषयमा कुराकानी गरेको बताए । भारत सरकारका तर्फबाट दूतावासले समस्यालाई चाँडै सम्बोधन गर्ने बताएको घिमिरेले जानकारी दिए । सुनसरी र मोरङमा ५३ तथा झापामा २१ वटा इटा उद्योग सञ्चालनमा छन् । त्यसमा काम गर्ने भारतीय मजदुर हजारौको संख्यामा रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल