आगामी आर्थिक वर्षको बजेटमा उद्योग,व्यवसायलाई प्राथमिकतामा राख्न विराटनगरका उद्योगीहरुको माग

आर्थिक विकासका सन्दर्भमा समेट्नु पर्ने सुझाव मुख्य मन्त्री शेरधन राईलाई हस्तान्तरण

Birat Post सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ जेष्ठ ।
प्रदेश नं. १ सरकारले ल्याउने वजेटमा उद्योग-व्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासमा सघाउ पुर्याउने गरी ल्याउन विराटनगरका उद्योगीहरुले आग्रह गरेका छन् । कोभिड १९ महामारी संगै बर्तमान अवस्था विचार गर्दै आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा आर्थिक क्षेत्रलाई प्राथमिकतामा राख्न उनिहरुले आग्रह गरेका छन् । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संयुक्तरुपमा प्रदेश नं. १ को समग्र आर्थिक विकासका सन्दर्भमा समेट्नु पर्ने बिषयहरु सहितको सुझाव मुख्य मन्त्री शेरधन राईलाई सोमवार हस्तान्तरण गरेका छन् ।

सुझाव प्रस्तुत गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले विश्वव्यापी महामारीमा नीजि क्षेत्रले पु¥याउदै आएको योगदानका विषयमा बुझिदिन आग्रह गरे । अध्यक्ष घिमिरेले कठिन परिस्थितिमा उद्योग व्यवसाय संचालनका लागि संघीय, प्रदेश र स्थानीय निकायबाट तोकिएको प्रावधानहरु बिच एकरुपता नहुदा उद्योग व्यवसाय संचालनमा विभिन्न वाधा व्यवधान र कठिनाईको सामना गर्नु परिरहेको बताए ।

मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले वर्तमान समयमा उद्योगहरु चरम मारमा परी धरासायी हुने तर्फ उन्मूख भईरहेको तर्फ ध्यानाकर्षण गराए । उनले आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने वजेटमा समावेश गर्नका लागि नीजि क्षेत्रका तर्फबाट प्रस्तुत सुझावलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याउन मुख्य मन्त्री समक्ष अनुरोध गरे ।

प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले महामारीका कारण आर्थिक गतिविधि ठप्प हुदा सबै क्षेलाई मार परिरहेको वताए । मुख्यमन्त्री राईले नीजि क्षेत्रको आर्थिक विकासका सहयात्री भएकाले यस क्षेत्रको विकास र संचालनमा आईपर्ने समस्यालाई समाधान गर्न आफु सदैव तत्पर रहेको बताए ।

सुझाव हस्तान्तरण कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष राकेश सुराना, मोरङ ब्यापार संघका पूर्व अध्यक्ष पवन सारडा,  महेश जाजु, बरिष्ठ उपाध्यक्ष  नविन रिजाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु, दिल्ली र एनबीएससी विजयी
नेपालमा बाँझोपन संवन्धी समस्या, लैंगिक हिंसा पनि बढ्दो
नोटमा नक्सा छाप्दा अरु देशले चिन्ता गर्नु पर्दैनः ओली

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल