Birat Post बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १५ जेष्ठ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार समेत व्यक्त गरेका छन् । ‘मुख्यमन्त्रीको सन्देशमा भनिएको छ, सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १३ वर्ष भएको छ । नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई मुलुक नयाँ मोडमा अगाडि बढिरहेको छ ।

विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाई छ । गणतन्त्र दिवसले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता कायम गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड—१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल