Birat Post सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ जेष्ठ ।
लामो समयको लकडाउन सगै बन्द रहेका विराटनगरका पत्रिकाहरुले प्रकाशन शुरु गरेका छन् । विराटनगरको न्यू
सृष्टि दैनिकले प्रकाशन शुरु भएको जनाएको छ । सोमवार ,बुधवार र शुक्रवार निस्कने गरी पत्रिका प्रकाशनको काम शुरु गरेको प्रधान सम्पादक शंकर खरेलले जानकारी दिए ।

यस्तै विराटनगरको उद्घोष दैनिकले प्रकाशन शुरु गरेको छ । आइतवार मंगलवार बिहिवार र शुक्रवार गरी हप्तामा चारदिन पत्रिका प्रकाशन गरिन लागेको पत्रिकाका सम्पादक बन्धु पोखरेलले जानकारी दिए । पालो सिस्टममा पत्रिका प्रकाशन गर्ने सहमति अनुरुप प्रकाशनको काम थालिएको पोखरेलको भनाइ छ ।

यस्तै हाम्रोमत दैनिकले प्रकाशनको तयारी गरिरहेको पत्रिकाका प्रधान सम्पादक बिबेक गौतमले जानकारी दिए । लकडाउनको अवस्था र पाठकको प्रतिक्रियालाई हेरेर पत्रिका प्रकाशनको काम शुरुगर्ने गौतमले बताए ।

विराटनगरबाट ४ वटा पत्रिका न्यू सृष्टि ,उद्घोष ,हाम्रोमत र दर्शन दैनिक प्रकाशन हुदै आएका छन्  । साप्ताहिक र मासिक पत्रिकाहरु बन्द अबस्थामै रहेका छन् । लकडाउनको समयमा विराटनगरबाट प्रकाशन ,प्रशारणमा आएका दर्जन बढी अनलाइन पत्रिकाहरुले आमजनमानसमा सूचना प्रबाहको भूमिका निर्वाह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”
शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल