Birat Post मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० जेष्ठ ।

विराटनगर महानगरक्षेत्रमा रहेका बैङ्क तथा बित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले हरेक दिन १० बजे देखी दिनको २ बजे सम्म खोल्न दिने निर्णय गरेको छ ।

यस्तै विराटनगरमा रहेका ब्यापार,ब्यवसाय तथा साना व्यवसायीहरुलाई दिनको २ बजेसम्म खोल्नका लागि प्रदेश सरकार र सघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको विराटनगर महानगर विपद व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिए । क्षेत्राधिकारका कारण कतिपय निर्णय कार्यान्वयनका लागि प्रदेश र संघीय सरकार संग अनुरोध गर्ने काम भइरहेको प्रधानले बताए ।

महानगरका मेयर भीम पराजुलीको अध्यक्षतामा बसेको बैठकमा ,उपमेयर इन्दिरा कार्की,प्रमुख जिल्ला अधिकारी मदनकुमार भुजेल ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख बिश्वराज अधिकारी,नेपाल रेडक्रस शोसाइटीका बरिष्ठ अधिकृत कुमार निरौला,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,नेकपा विराटनगर अध्यक्ष सागर थापा,नेपाली कांग्रेस विराटनगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने,विराट व्यापार संघका अध्यक्ष सुजन थापा,नेपाल राष्ट्र बैङ्कका रोशन कुमार सिग्देल लगायतको सहभागिता थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल