Birat Post मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २० जेष्ठ ।
कर तिर्न सरकारले हालै जारी गरेको सूचनाका विषयलाई लिएर उद्योग संगठन मोरङले तिब्र असन्तुष्टि ब्यक्त गरेको छ । मंगलवार एक बिज्ञप्ति जारी गर्दै उद्योग संगठन मोरङले लकडाउनका कारण उद्योगी ,ब्यवसायीनै त्रासपूर्ण वातावरणमा रहेकावेला सरकारले गरेको निर्णय माथि ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनका अध्यक्ष भीम घिमिरेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा व्यवसायीलाई सरकारले केही राहतको प्याकेज दिन्छ भनेर अपेक्षा गरिरहेका बेला थप  दोहन गर्ने नीति अख्तियार गरेको भन्दै आपत्ति जनाइएको छ । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको अवधि जेठ ३२ गतेसम्म थपेको छ । यो अवधिमा अत्यावश्यक बाहेकलाई घरभित्र बस्न सरकारको उर्दी छ । तर पनि कर उठाउन भने सरकारले गरेको हतारोको विषयमा संगठनले आलोचना गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेको विषय संगै उद्योगी व्यवसायीले तीव्र असन्तुष्टि जनाएका छन् । विभागकै निर्णय अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत्र महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनु पर्नेछ । यस्तो विषम परिस्थितिमा यतिका कर बुझाउन व्यवसायी कुनै हालतमा नसक्ने भन्दै व्यवसायीहरु सरकारको निर्णयको विरोध गरिरहेका छन् ।

संगठनद्धारा जारी बिज्ञप्ति :

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल