Birat Post बुधबार, जेठ २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २१ जेष्ठ ।
विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयामा स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । यो वडा भारत संग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहुच बढाउने उदेश्यका साथ स्वास्थ्यकेन्द्र स्थापना गरेको हो । स्वास्थ्य केन्द्र नहुदा बिशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या भोगिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना भए संगै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

स्वास्थ्यचौकीको बुधवार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन्। नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ महानगरले काम गरिरहेको मेयर पराजुलीले बताए । कोरोनाका कारण सामान्य जाच गर्न समेत कठिनाइ भइरहेको अबस्थालाई मध्यनजर गर्दै महानगरले काम गरिरहेको बताए ।

यस्तै वडाध्यक्ष मनोज सुव्वाले जटिल परिस्थितीमा स्थापना भएको स्वास्थ्यकेन्द्रबाट वडावासी खुसी भएको बताए । यसका लागि थप स्वास्थ्य परिक्षणका दायर बढाउन सुव्वाले मेयर पराजुली संग आग्रह गरे । स्वास्थ्यकेन्द्रबाट स्थानीयस्तरमा उत्कृष्ट सेवा प्रवाह गर्ने गरी थप गृहकार्य भइरहेको विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । महानगरले यसभन्दा अगाडि वडा नं.४ को इक्राइ चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल