रोशिका अधिकारी बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २२ जेष्ठ ।
परीक्षण नतिजा नेगेटिभ देखिएपछि विराटनगर महानगरले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई घर पठाइएको छ । भारत बाट नेपाल आएका १९ जना नागरिकले क्वारेन्टाइनको अबधि पुरा गरेसंगै गरिएको स्वाब परिक्षणपछि घर पठाइएको हो । उनिहरु विराटनगर महानगर क्षेत्रभित्रकै नागरिकहरु हुन् ।

भारतवाट नेपाल फर्किएका महानगरवासी नागरिकको हकमा बिशेष कडाइका साथ क्वारेन्टाइनलाई अनिवार्य गरिएको छ । नगरक्षेत्रमा कोरोना सक्रमण नफैलियोस भन्ने उदेश्यका साथ वाहिरवाट आउने नागरिकको स्वास्थ्य परिक्षण र निगरानी गर्नलाई बिशेष संयन्त्र बनाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । आरडिटी परिक्षण र पीसीआर परिक्षणलाई महानगरले निरन्तरता दिइरहेको मेयर पराजुलीको भनाइ छ ।

यस्तै स्वास्थ्यमा केही समस्या देखियो भने स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्नुस् भनेका छौँ’महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की भने । क्वारेन्टाइनको अवधि सकाएर घर फर्किनेहरु खुसी खुसीका साथ विदा भएका छन् । महानगरले प्रदान गरेको सेवाको उनिहरुले प्रशंसा गरेको कार्कीले बताए ।

यस्तै भारतवाट आएका नागरिकलाई सीमाक्षेत्र देखि निगरानी गर्ने र अवस्था अध्ययन गर्ने कार्यमा महानगर जुटिरहेको छ । सीमा नाका देखि होल्डिङ् सेन्टर हुदै क्वारेन्टाइन सम्म महानगरका नगर प्रहरीको टोलिले काम गरिरहेको छ । क्वारेन्टाइनको प्रत्यक्ष निगरानी गर्ने काममा समेत नगर प्रहरीले खटिइरहेको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले भने“भारतवाट धेरै दुखका साथ आएका नेपाली नागरिकलाई हामीले यथासक्य सेवा दिने काम गरिरहेका छौ ।” दिनरात नभनी नगर प्रहरी मैदानमा खटिइरहेको र सेवाभावका साथ जुटिरहेको नगरप्रमुख पौडेले बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल