Birat Post शनिबार, जेठ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ जेष्ठ ।
कोशी अस्पतालले थप १ सय बेडको प्रसुतीगृह बनाउने भएको छ । शनिवार एक अनौपचारिक कार्यक्रमका बीच प्रसुतीगृहको शिलान्यास गरिएको छ । कोशी अस्पताल परिसरमा रहेको १० कठ्ठा क्षेत्रफलमा बन्ने प्रसुतीगृहको सामाजिक विकास मन्त्री जीवन घिमिरे , विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल निमित्त सुपरिटेन्डेन्ट संगिता मिश्रले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

एक वर्षभित्रै भवन निर्माणको कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याइने योजना अस्पतालको छ । अमेरिकन आर्मीको ११ करोडको सहयोगमा उक्त प्रसुतीगृह बन्न लागेको हो । अस्पतालको जिम्मेवारी सम्हाले देखिनै व्यवस्थापनको सुधारमा जुटेकी डांं मिश्राको हालैमात्रै परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल काठमान्डौमा निर्देशकको जिम्मेवारी सम्हाल्नेगरी सरुवा भएको छ । संकटकालिन स्थितिमा कोशी कोरोना अस्पतालमा मिश्रले सम्हालेको जिम्मेवारी र कामको सबैक्षेत्रबाट प्रशंसा भएको छ ।सो अवसरमा अस्पतालका नायव सुव्वा द्धय नवराज लुइटेल र हरी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल