लोकेश पोख्रेल आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ जेष्ठ ।
प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर तीनकी २२ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर आठ र दुईका २३ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै रतुवामाई नगरपालिका वडा नम्बर दुईका १८ र १४ बर्षका दुई किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा पुनः तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये बेलका नगरपालिका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् । संक्रमित तीनैजनालाई विराटनगरको कोशी अस्पताल कोभीड १९ उपचार केन्द्रमा ल्याइदैछ । यस्तै झापा अर्जुनधारा नगरपालिका वडा नम्बर दुइका २३ र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर एकमा दुई सय ५४ जनामा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको हो । जसमा झापामा एक सय ३८, मोरङमा १९, सुनसरीमा ४१, धनकुटामा ८, तेह्रथुममा २, संखुवासभामा २, भोजपुरमा ६, खोटाङमा ४ , सोलुखुम्बुमा १र उदयपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल