लोकेश पोख्रेल आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ जेष्ठ ।
प्रदेश १ मा आइतबार एकैदिन १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर तीनकी २२ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर आठ र दुईका २३ र २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै रतुवामाई नगरपालिका वडा नम्बर दुईका १८ र १४ बर्षका दुई किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरमा पुनः तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिन अघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका मध्ये बेलका नगरपालिका ३६ बर्षीय पुरुष र २७ बर्षीया महिला रहेका छन् भने चौदण्डीगढी नगरपालिकाका ३६ बर्षीय पुरुष रहेका छन् । संक्रमित तीनैजनालाई विराटनगरको कोशी अस्पताल कोभीड १९ उपचार केन्द्रमा ल्याइदैछ । यस्तै झापा अर्जुनधारा नगरपालिका वडा नम्बर दुइका २३ र २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर एकमा दुई सय ५४ जनामा अहिलेसम्म कोरोना संक्रमण पुष्टि भएको हो । जसमा झापामा एक सय ३८, मोरङमा १९, सुनसरीमा ४१, धनकुटामा ८, तेह्रथुममा २, संखुवासभामा २, भोजपुरमा ६, खोटाङमा ४ , सोलुखुम्बुमा १र उदयपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल