Birat Post आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

नयाँ दिल्ली– भारतका मोस्ट वान्टेड आतंककारी, अन्डरवल्ड डन दाउद इब्राहिम पाकिस्तानमा बसोबास गर्ने भएता पनि भारतमा उनी चर्चाको बिषय बनिरहन्छन् । सन् १९९३ मा मुम्बई बम बिस्फोट गर्नुको साथै विभिन्न अपराधका यी आरोपीसंग सम्बन्धित स –साना सूचनालाई पनि मानिसहरु गम्भिरताका साथ लिने गर्छन् ।

यस्तो अवस्थामा यदि दाउदको कोरोनाको संक्रमणका कारण मृत्यु भएको खबर आउँदा धेरै मानिसहरुले चासो राख्नु स्वभाविक नै हो ।पहिला पनि दाउदसंग सम्बन्धित यस प्रकारका हल्लाहरु हल्ला मात्र भएको प्रमाणित भइसकेको छ । जसका कारण मानिसहरु उनीसंग सम्बन्धित धेरै खबरहरु हल्ला मात्र होकि भन्ने सोच्ने गर्छन् ।

त्यस्तै खबर जून ५ मा दाउद इब्राहिम र उनकी श्रीमतीको कोरोना संक्रमणका कारण मृत्यु भएको खबर भाइरल भयो ।यो खबर भारत तथा नेपालमा सामाजिक सन्जाल तथा विभिन्न न्यूज च्यानलमा पनि प्रसारित भयो । समाचार अनुसार दाउद इब्राहिम र उनकी श्रीमतीको कोरोना संक्रमणका कारण कराँचीको एउटा अस्पतालमा मृत्यु भएको छ ।

तर दाउद इब्राहिमका भाइ अनीसको आईएएनएससंग भएको कुराकानीले दाउदलाई कोरोना संक्रमण नभएको र उनको मृत्युको खबर पनि झुठो भएको बताएको छ ।एक जना संवाददाताको ग्राउन्ड रिपोर्टका अनुसार क्लिफ्टन र डीएचए कराँचीका यी दुई इलाका, जहाँ दाउदको घर भएको बताइन्छ, त्यहाँ धेरै दिनदेखि कुनै हलचल देखिएको छैन ।

सिन्धको यो राजधानीमा स्वास्थ्य र सुरक्षासंग सम्बन्धित अधिकृतहरुले पनि दाउदको मृत्युको खबर झुठो भएको बताएका छन् ।अधिकारीहरुका अनुसार दाउदलाई कराँचीको कुनै पनि अस्पतालमा कोरोनाको विरामीको रुपमा भर्ना गरिएको छैन । निष्कर्ष  दाउद इब्रोहिमको परिवार र पाकिस्तानका सरकारी अधिकृतहरुले दाउदको मृत्युको खबर झुठो भएको बताएका छन् ।

उनीहरु भन्छन् – ‘केवल एउटा हल्ला मात्र हो ।’

-एजेन्सीको सहयोगमा ..

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल