Birat Post बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २९ जेष्ठ ।
सरकारले जारी लकडाउनलाई खुकुलो बनाउने औपचारिक निर्णय गरेको छ । सरकारको यसखाले निर्णय आउनुभन्दा अगावै जनताले देशभर लकडाउनको पालना गर्न छोडिसकेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

खतिवडाले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने निर्णय भएको जानकारी दिए । जसअनुसार निजी क्लिनिक समेत सञ्चालन हुनेछन् । कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ भने उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको खतिवडाले बताए । व्यक्तिहरुको पैदल आवागमन खुला गरिएको भनिएको छ । सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न रोक लगाइएको छ ।

काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ । तर जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने छ । त्यस्तै बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गर्ने सरकारी निर्णय छ ।

केही निर्णय कार्यन्वयन हुनेमा आशंका

सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । मोटरसाइकलमा दुई जना यात्रा गर्न पाइने छैन । एक जनामात्र चड्न पाइने सरकारको यो कुरा कार्यान्वयनमा आउने कुरामा आंशका छ । सरकारको यो निर्णय सार्वजनिक हुनासाथ सामाजिक सन्जालमा यसको ब्यापक बिरोध शुरु भएको छ । काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भनिएको छ । काठमान्डौ बाहिरका जिल्लामा त्यो संम्भव नहुने तर्क पनि सामाजिक सन्जालमा आइसकेको छ । सरकारले जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने छ भनेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल