Birat Post बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ २९ जेष्ठ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकार असफल भएको निश्कर्ष निकालेको छ । सरकारका कामहरु सन्तोषजनक नभएको भन्दै कांग्रेसले पटक पटक सचेत समेत गराइरहेको छ । यस्तै विद्यमान कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा सरकार असफल भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । क्वारेन्टाइन स्थलहरु व्यवस्थित गर्नुपर्ने, पीसीआर टेष्ट बढाउनुपर्ने राहतका प्याकेजहरु प्रभावकारी बनाउनुपर्ने कांग्रेसले बताउदै आएको छ ।

कांग्रेसले संसदीय दलमार्फत केन्द्रमा प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउने निर्णय समेत भएको कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जानकारी दिए । सरकारका काम सन्तोषजनक नभएको र यसका लागि कांग्रेसले थप दबावका कार्यक्रम गर्दै जाने सिटौलाले बताए । यस्तै असार २ गते सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली दूताबासमार्फत पनि ध्यानाकर्षण पत्र बुझाउने कांग्रेसले निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल