Birat Post सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १ असार ।  नेविसंघले ७७ वटै जिल्लामा विरोधका कार्यक्रम गर्ने भएको छ । यो संगै नेविसंघले सक्रिय सहभागीता जनाउन कार्यकर्तालाई परिपत्र जारी गरेको छ ।  नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जारी गरेको परिपत्रमा असार २ गते कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गरेको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा व्यापक सहभागीता जनाउन निर्देशन दिइएको हो ।

नेविसंघले सबै कार्यक्रममा सामाजिक दूरी कायम गरी स्वास्थ्य सम्बन्धी सम्पूर्ण सजगता अपनाउँदै कार्यक्रमहरु सम्पन्न गर्न समेत सुचित गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट भएको र कार्य क्षमतामा असक्षम भएको आरोप लगाउँदै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ सडकमा उत्रेको छ ।

सरकार नेपाली जनताको जीवन रक्षामा गम्भीर नभएको, १० अर्बको हिसाब नदेखाएको, सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएको, अरबौं खर्च भैसक्दा पनि क्वारेन्टिनहरु यातना गृहजस्तो भएको भन्दै नेविसंघ आन्दोलित भएको हो । यस्तै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले आज सोमबार दिउँसो सरकार विरुद्धको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन् । काठमाडौंको बिजुलीबजारमा १ बजे नेविसंघले आन्दोलन गर्दै छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल