मोरङको प्रहरी प्रमुखमा सन्तोष खड्का आउदै

सेवा प्रवेश अगाडी खड्का पत्रकार थिए

Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ असार ।
गृहमन्त्रालयको सोमवारको निर्णय अनुसार मोरङको प्रहरी प्रमुखमा सन्तोष खड्कालाई सरुवा गरेको छ । हाल प्रदेश न २ को राजधानी जनकपुरको अपराध अनुसन्धानमा कार्यरत खड्का मोरङ जिल्लाको नेतृत्व सम्हालेर पहिलो पटक आउन लागेका हुन् ।
प्रहरी संगठनमा इमान्दार छवी बनाएका खड्का आइजी ठाकुर ज्ञवालीको व्यक्तिगत इच्छामा मोरङ सरुवा भएर आउन लागेका हुन् । प्रहरी स्रोतका अनुसार उनी एकसाता भित्रै हाजिर हुने छन् ।

जहाँ बसेर उनी काम गर्छन त्यहाँ उनको इमान्दारीता झल्किन्छ ,त्यही नै खड्काको उपलब्धि हो । यसै कारण नेतृत्वले उनलाई बढी रुचाएको प्रहरी स्रोतले बतायो । खड्का प्रहरी संगठनमा प्रवेश गर्नु अघि पत्रकारिता क्षेत्रमा कार्यरत थिए ।  काठमाण्डौबाट प्रकाशित लोकपत्र दैनिक , पूर्नजागरण साप्ताहिक , जनज्योती साप्ताहिक र रेडियो सगरमाथामा उनले ६ बर्ष काम गरेको अनुभव छ । आर.आर कलेज काठमाण्डौबाट वि.स २०४९ सालमा पत्रकारिता बिषयमा स्नातक गर्दै उनले राजधानीबाट प्रकाशित दैनिक र विभिन्न साप्ताहिकमा काम गरिसकेका छन् ।

झापा निवासी खड्काले प्रहरी उपरीक्षक भएर जिल्लाको कमाण्ड सम्हाल्न लागेको भने यो पहिलो पटक हो । यस अघि उनी अख्तियार , अपराध महाशाखा , प्रदेश नम्बर २ को अपराध अनुसन्धान प्रमुख भएर काम गरेका थिए । वि.स २०६४ सालमा प्रहरी निरीक्षक भएर उनले मोरङको बेलबारीमा काम गरेका थिए । विस २०५८ सालमा प्रहरी निरीक्षक भएपछि संगठनको नेतृत्वमा बसेका खड्काले ६ वटा इलाका इन्चार्ज समेत सम्हालेका छन ।

प्रहरी नायव उपरीक्षक( डिएसपी ) मा कार्यरत रहदा कास्की , सिंहदरवार वृत र जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी प्रमुख भएर काम गरेका छन । अपराध अनुसन्धानमा बिशेष दखल भएका खड्काले मोरङ बसाईका क्रममा जिल्लाको शान्तिसुरक्षा ,लागुऔषध , सीमा क्षेत्रबाट हुने अवैध चोरी तस्करी लगायतका बिषयमा कटिबद्ध भएर काम गर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल