Birat Post मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ असार ।
कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकिरहेको आरोप खेपिरहेका बेला देशभरका कांग्रेसी आन्दोलित भएका छन् । यस पटकको आन्दोलन भने देशमा बिद्यमान समस्या समाधानमा सरकार कमजोर भएको निष्कर्ष सहितको छ । यस संगै मोरङ काग्रेसले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्ला ,जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने , सरकारी रकम दुरुपयोग रोक्नुपर्ने लगायतका माग राख्दै मंगलवार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फंत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले सरकारले सडक, अस्पताल, प्राविधिक शिक्षालयलगायत हरेक क्षेत्रलाई कम्युनिष्ट नेताहरूको नाममा नामाकरण गरेर राजनीति गरिरहेको आरोप लगाए । लिम्बुले मोरङको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न खोजे मुडभेडको अवस्था आउने चेतावनी पनि दिए ।

सचिव मोदराज घिमिरेले सरकारले जनजीविकाको विषयलाई ध्यान नदिएको गुनासो गरे । घिमिरेले कांग्रेस मोरङले क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, कोरोना उपचार र रोकथाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कार्वाही गर्नुपर्ने लगायतका २२ बुंदे माग राखेर ज्ञापनपत्र बुझाएको जानकारी दिए । ज्ञापनपत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सम्बन्धित निकायमा पु¥याउने बताए ।

ज्ञापनपत्र बुझाउनु अघि कांग्रेस कार्याकर्ताले सरकार विरुद्ध नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझी,सचिव नागेश कोइराला,कांग्रेस विराटनगर महानगरका सभापति अरुण न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल