Birat Post शुक्रबार, आषाढ ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ५ असार ।
भारत संग सीमा विवादको विषय उत्कर्षमा पुगीरहेका बेला चीन संगको सामिप्यताका लागि सत्ताधारी दल नेकपाले गरेको कार्यक्रम अनुचित भएको भन्दै टिकाटिप्पणी शुरु भएको छ । नेकपाको स्कूल विभागले छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग राजनीतिक छलफलको आयोजना गर्नु उपयुक्त नभएको धारणा सार्वजनिक भएका छन् ।

चीन र भारत द्वन्द्वको अवस्थामा रहनु ,नेपाल पनि आफ्नो भूमीका विषयमा उभिइरहेका बेला भइरहेको कार्यक्रमले थप मुडभेडको स्थिती सृजना गर्ने अधिकांशको बुझाइ छ । यस विषयमा जनस्तरवाट समेत विरोध भइरहेको छ भने स्वंय नेकपा भित्रै पनि यो आवाज उठ्न थालेको छ ।

नेकपाको स्कूल विभाग, सीपीसी र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटीको संयुक्त आयोजनामा आज शुक्रबार अपरान्ह चार बजे भिडियो छलफलको कार्यक्रम रहेको छ ।

भारतले अतिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नेपालले आफ्नो नयाँ नक्सा प्रकाशनमा चीनले नेपाललाई उचालेको आरोप भारतीय अधिकारी बाट पटक पटक आइरहेको छ । यो विषम परिस्थितीमा छलफलको कार्यक्रम नराख्दा राम्रो हुने नेताहरुले बताइरहेका छन् ।

गलत हौवा पिट्न समेत सजिलो हुने हुदा वातवरण नधुमिल्याउन आग्रह गरेको एक नेकपा नेताले बताए । भिडियो प्रशिक्षणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका दर्जन बढी नेताहरु सहभागी हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल