Birat Post शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

छिमेकी मुलुक भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला ज्वाइँलाई दाइजोको रुपमा २१ वटा विषालु सर्प दिइन्छ । गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने सर्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् । सो समुदाय सर्पसँग रत्तिभर डराउँदैन । बच्चाहरुसमेत सानैदेखि सर्पसँग खेल्दछन् र नडराइकन सर्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै सर्प पक्रिने हो । सर्प समाएर मानिसहरुलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

छोरीको बिहेमा धन सम्पत्तिको साटो सर्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । ज्वाइँले दाइजोमा पाएका सर्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर सर्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको सर्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ ।

उनीहरु सर्पलाई निकै माया तथा सम्मान गर्दछन् । यदि आफूले पालेको सर्प म¥यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार
आज २४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १११ जना डिस्चार्ज
मोरङका १६ सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

                  विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 

प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी

विनोद पोखरेल (काठमान्डौ)
सन्तोष सिग्देल (कोरिया)

संचालक तथा सम्पादक : कौशल निरौला
बिज्ञापनका लागि :

९८१२३०६६६०

०२१ ४२०१०६