Birat Post आइतबार, आषाढ १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ असार ।
विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्रमा पेश भएका विषयमा केन्द्रीत रहदै नगरसभा सम्पन्न भएको हो । आइतबार सम्पन्न सभामा आर्थीक वर्ष २०७७-०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा ,संशोधित निति तथा कार्यक्रमका विषय दफावार छलफल भएको थियो ।

नगरसभाका क्रममा मेयर भीम पराजुलीले आफ्नो एक मात्र उद्देश्य विराटनगर महानगरपालिकाको आर्थिक, सामाजिक र पूर्वाधारको अधिकतम विकास गरी आफ्नै कार्यकालमा यसको गुणात्मक विकास गर्ने रहेको बताए । महानगरपालिकाको आर्थिक स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी काम कारवाही अगाडि बढाइ रहेको बताउँदै मेयर पराजुलीले संघीय सरकार र प्रदेश सरकारसँगको समन्वयमा ठूला पूर्वाधार विकासका आयोजनाहरु अगाडि बढाइरहेको बताए ।

बिद्यमान कोरोना कारण उत्पन्न समस्या समाधानका साथ आगामी कार्यक्रम फलदायी बनाउन लाग्नुपर्नेमा जोड दिए । मेयर पराजुलीले विराटनगरमा विकासको तीब्रगति अगाडी बढेको बताए । सडकहरु कालोपत्रे गर्ने काम सम्पन्न हुने चरणमा रहेको र चाढै थप बिकासका कार्यक्रम शुरु हुने बताए ।

उक्त अवसरमा बिषयगत समितिका संयोजकहरुले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राजश्व परामर्श समिति संयोजक इन्दिरा कार्की,सार्वजनिक सेवा तथा क्षमता बिकास समिति संयोजक बिनोद बस्नेत,सामाजिक विकास समिति संयोजक तिर्थेन्द्र न्यौपाने,पूर्वाधार विकास समिति संयोजक देबेन्द्र पोखरेल,बिधेयक समिति संयोजक मीनकुमार आचार्य,आर्थिक विकास समिति संयोजक मनोज सुब्बा ,लेखा समितिका तर्फबाट बिश्वनाथ भगत ,वातावरण तथा विपद व्यवस्थापन समितिका तर्फबाट बद्री सरदार लगायतले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

नगरसभामा कार्यपालिका सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आ–आफ्ना धारणा राखेका थिए । सो अवसरमा कार्यपालिका सदस्यहरुले राखेका जिज्ञासाको मेयर भीम पराजुली ,उप मेयर इन्दिरा कार्की ,प्रमुख प्रसाशकीय अधिकृत इन्द्रमणि पोखरेलले संबोधन गरेका थिए । अन्य स्थानमा नगरसभा पुरा हुने क्रममा अनेकौ बिबाद हुने गरेपनि विराटनगर महानगरमा भने अहिले सम्म भएका नगरसभाहरु सौहार्दरुपमा सम्पन्न भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल