Birat Post सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १५ असार ।

एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले ड्याम बनाएपछि विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । निरन्तर परेको झरीको पानी निकास नहुँदा विराटनगर– १८ बुधनगर क्षेत्र डुबानमा परेको छ ।

डुबानकै कारण बुधबार सात वर्षीय बालकको ज्यान गएको थियो । वर्षाका कारण जमेको पानी जाने निकास नहुँदा बिहीबार घर नजिकैको खेतमा डुबेर स्थानीय जयपाल मण्डलका ७ वर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको थियो ।

भारतले आईसीपी र रेलको लिक बिछ्याउँदा ठूल ठूला ड्याम बनाएको तर निकासका लागि नाला नराख्नाले यो समस्या भोग्नुपरेको विराटनगर – १८ का वडाध्यक्ष राजदेव यादवले बताएका छन् । ड्याम निर्माण गर्दा सल्लाह पनि नगरेको उनको भनाइ छ ।

डुबानका कारण खेतीयोग्य जमिन जलमग्न भएको छ । रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए । बाढीका कारण विराटनगर १८ का खोक्साहा, समादगी, लावाघाट, भेडीयारी र डाङग्रा टोल लगायतका स्थान डुबानमा परेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल