Birat Post मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १६ असार ।
जीपी कोइराला फाउण्डेसन मोरङ शाखाले शुभेच्छुक सहयोगी युवा समूहको गठन गरेको छ । फाउण्डेसनको उदेश्य प्राप्तीका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेसन युवा कार्यदल गठन गरिएको हो । फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको निर्देशनमा कार्यदल गठन भएको हो ।

मंगलबार एक अनौपचारिक कार्यक्रमका बीच गठित कार्यदलको संयोजकमा अंकित पोख्रेल ,सह संयोजकहरु रोशिका अधिकारी, साइच्छा थापा ,लोकेश पोख्रेल ,सविन भट्टराई ,सचिव डेनिस सापकोटा ,सहसचिव अस्मी रेग्मी,कोषाध्यक्ष सरोजकुमार खनाल रहेका छन् । यस्तै सदस्यहरुमा अनिसा पासवान,एनिस आचार्य,स्वरुप खनाल,सुवेन्द्र धमला,पूर्णिका सिंह र श्रीयम पोख्रेल रहेका छन् । यस्तै फाउण्डेसनले गिरिजा प्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीको अवसरमा असार १७ गते विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।बाढी प्रभावित क्षेत्रमा राहत बितरण र बुधवार साझ दीप प्रज्वललन गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा बोल्दै फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले सामाजिक संस्थाको भूमिका निर्वाह गर्दै आएको फाउण्डेसनको उदेश्य प्राप्तिका लागि युवाहरुको कार्यदल बनाएको बताए । उनले हरेक सामाजिक कार्यमा फाउण्डेसनले काम गर्ने बताए । कार्यक्रममा फाउण्डेसन मोरङका उपाध्यक्ष बेदकुमार खतिवडा,सहसचिव सन्तोष पोख्रेल,कोषाध्यक्ष पुनम सिंह,सदस्यहरु सर्मिला अधिकारी,रिता पोख्रेल,सन्जय मण्डल र अन्जु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल