Birat Post मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीसँग जुध्न सरकारले सही समयमा उचित कदम उठाएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले महामारीबाट बच्न सही समयमा गरिएको लकडाउन र अन्य फैसलाहरुले भारतमा लाखौं नागरिकको ज्यान जोगिएको दाबी गरे ।

उनले अनलक–१ सुरु भएसँगै मानिसहरुको लापरबाही पनि बढ्दै गएको बताए । मोदीले स्वास्थ्यसँग सम्बन्धित गाइडलाइनको पालन गर्न अपिल गर्दै गाउँको प्रधानदेखि प्रधानमन्त्रीसम्म सबैले कानुन मान्नुपर्नेमा जोड दिए ।

उनले ‘प्रधानमन्त्री गरिब कल्याण योजना’ विस्तार गरिने पनि बताए । सरकारले अहिलेसम्म ८० करोड मानिसहरुलाई तीन महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराएको भन्दै मोदीले यो सुविधा २०२० नोभेम्बरसम्म लागु हुने पनि बताए ।

लामा–लामा भाषण गर्दै आएका प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रका नाममा मात्र १६–१७ मिनेट सम्बोधन गरेका थिए । आमनागरिकले कोरोनासँगै भारत–चीन विवादका बारेमा पनि सम्बोधन हुने अनुमान गरे पनि उनले चीनका बारेमा केही कुरा गरेनन् । –बीबीसी

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल