Birat Post आइतबार, आषाढ २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२८ असार ।
विराटनगरका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको अवस्था बारे स्थलगत अनुगमन गरी प्रभावित परिवारहरुलाई आबश्यक प्रबन्ध गरिएको छ । उनिहरुलाई खानपिनका साथै आवासको व्यवस्था गरिएको हो । आइतवार प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्की र विराटनगर महानगरका मेयर भीम पराजुलीले बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।

विराटनगर स्थित वडा नं १२ र १६ का प्रभावित परिवारको अवस्था अध्ययन गरिएको हाे ।अबिरल बर्षाका कारण केसलिया खोलाले फालेको पानिका कारण ती क्षेत्र डुवानमा परेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरु मिल्स मावि,दुर्गा मन्दिर ,बखरी आधारभूत विद्यालय लगायत विभिन्न स्थानमा बसिरहेका छन् । उनिहरुलाई सुरक्षित बासस्थानका लागि चाहिने आबश्यक सामाग्री सहित खानपिनको प्रबन्ध मेयर पराजुलीले मिलाएका छन् ।

यस संगै कांग्रेस मुख्य सचेतक तथा प्रदेशसभा सदस्य केदार कार्कीले बाढी प्रभावितहरुको अवस्थाका विषयमा प्रदेश १ सरकार सचेत बन्न आबश्यक रहेको बताएका छन् । प्रभावित हुने परिवार र हुन सक्ने बिपतका विषयमा सरकारका हरेक संयन्त्र परिचालन गर्नुपर्नेमा कार्कीले जोड दिए ।

थप दृष्य :

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल