Birat Post सोमबार, आषाढ २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ असार ।
प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विराटनगर डुबान हुनुमा केही सांसदहरुको हात रहेको आरोप लगाएका छन् । यही आइतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै कार्कीले यस्तो आरोप लगाएका हुन् । घुमाउरोरुपमा सांसद शिवकुमार मण्डल प्रति इंगित गर्दै कार्कीले विराटनगरको दक्षिणी क्षेत्र डुबान हुनुमा सांसद मण्डलको हात रहेको आरोप लगाए ।

बुढीखोला तटबन्धका लागि भौतिक मन्त्रालयको बजेट २ करोड आएको र टेन्डर भए पनि संझौता नभएका कारण समस्या यथावत रहेको बताए । पटक – पटक टेन्डर आह्वानमा समेत अवरोध सिर्जना गरेका कारण बुढिखोलाको पानिले विराटनगरवासीलाई दु:ख दिएको बताए । टेन्डरमा भएको झमेला विराटनगर डुबानको मुख्य आधार रहेको सांसद कार्कीको बुझाइ छ ।

बिराटनगरको दक्षिणी क्षेत्र सांसद मण्डलको निर्वाचन क्षेत्र समेत हो । यहाँका बासिन्दाले बर्षातको समयमा सास्ती बेहोर्दै आएका छन् । यस्तै कार्कीले विपद व्यवस्थापनको तयारीमा प्रदेश १ सरकार कमजोर रहेको बताएका छन् । प्रदेश सरकारले विपत व्यवस्थापनको नाममा कुनै तयारी नगरेको र नागरिकले समस्या बेहोर्नु परिरहेको आरोप लगाएका छन् ।

कार्कीले के भने ? भिडियो हेर्नुहोस ।

माननीय केदार कार्कीको संसदमा ३ मिनेट, सुन्नु होला र शिर्षक आफैं राख्दिनु होला। धन्यवाद।

Posted by हाम्रो काङ्ग्रेस प्रदेश एक on Sunday, 12 July 2020

सम्बन्धित

ताजा अपडेट
सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताहमा विराटनगरमा निकालिएको जनचेतनामूलक र्‍याली (फोटो सहित )
विराटनगरमा सांकेतिक भाषा दिवस तथा अन्तराष्ट्रिय बहिरा सप्ताह मनाइदै, उपमेयर कार्कीले भनिन् “बौद्धिक अपाङताको क्षेत्रमा लगानी गर्छौ”
शिक्षक र सरकारबीच ७ बुँदे सहमति,आन्दोलन फिर्ता

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल