लोकेश पोख्रेल मंगलबार, साउन ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र रक्षाका लागि खुकुरीमा धार लगाउनु पर्ने बेला आएको बताएका छन् । मंगलबार मोरङ कांग्रेसको पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोईरालाको ३९ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रजातन्त्र छ की छैन भन्ने कुरा आफूले भन्न आवश्यक नभएको र सम्पुर्ण जनताले नै अनुभव गरेको भन्दै देशमा नियन्त्रित निरकुंश शासन आइसकेको उनले बताए ।
कोईरालाले राष्ट्रिय अनुसन्धान विभाग,सम्पत्ति शुद्धिकरण विभाग, राजस्व अनुसन्धान लगायत अन्य धेरै विभागहरु प्रधानमन्त्रीले आफ्नो मातहतमा ल्याएर दुरुपयोग गरेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग , मानव अधिकार आयोग, लोकसेवा आयोगलाई पङगु बनाइएको र प्रधानमन्त्रीको आदेश अनुसार मात्र काम भएको आरोप समेत लगाएका छन् । न्यायपालिकामाथि जनताको विश्वास घट्न थालेको अवस्था देखिएको पनि उनले बताए ।

कम्युनिष्टहरु एक दलिय शासन व्यवस्था,जनवादि केन्द्रीयतामा विश्वास गर्ने गरेकाले सत्तामा पुगेपछि जनताले दुःख पाउने उनले बताएका छन् । कम्युनिष्टकै सरकार अघि बढेमा अधिनायकवाद ,एक दलिय शासन व्यवस्था आउने ठोकुवा गरे । बीपीले देखाएको मार्गनिर्देशन आज पनि उत्तिकै सान्दर्भिक रहेको कोइरालाले बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापति डिग बहादुर लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस केन्द्रीय सदस्य डिला संग्रौला,हसन अन्सारी,प्रदेशसभा सदस्य केदार कार्की,विराटनगर महानगरका मेयर भीम पराजुली लगायतले आ- आफ्ना धारण राखेका थिए । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ ब्यक्ति नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल