Birat Post आइतबार, साउन ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ११ साउन ।
विराटनगर महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ । पछिल्लो समय महानगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो । यस संगै विराटनगरमाआइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका साथ स्वास्थ्य सुरक्षाका विषयमा कडाइ गरिने भएको छ । महानगरपालिकामा आइतबार बसेको नगर स्तरिय कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट कमिटी (सिसिएमसी) को बैठकले यसखाले निर्णय गरेको हो । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले नगर भित्र थप कडाइका कार्यक्रम सार्वजनिक गरेको हो । नगरक्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसंगै थप कडाइका कार्यक्रम ल्याउनुपर्ने सरोकार सम्वन्धहरुले सुझाब दिएका थिए ।

यस संगै सीमा क्षेत्रबाट लुकीछिपी हुने आगमनलाई रोक्ने ,सिटि रिक्सामा दुरि कायम गर्नुपर्ने , चोक ,बजारमा भिडभाड गरेर लाग्ने पसल ब्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनु पर्ने ,सामाजिक दुरी कायम राख्नुपर्ने,भिडभाड हुनबाट पूर्णरुपमा बन्देज लगाउने ,परिक्षणको दायरा बढाउन थप पहल गर्ने ,क्वारेन्टाइन थप बढाउने, आइसोलेसनलाई थप ब्यवस्थित बनाउन प्रदेश सरकारलाई अपिल गर्ने ,आपतकालिन स्वास्थ्य सुरक्षामा थप ध्यान दिनका साथै कुनैपनि खालका सभासमारोह गर्न नदिने लगायतको निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा महानगरपालिकाले विषम परिस्थितिमा अत्याबस्यक काम बाहेक बाहिर ननिस्कन नगरवासीलाई अनुरोध गरिने मेयर पराजुलीले बताए । नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारी या महानगरको स्वास्थ्य शाखा सँग समन्वय गर्न महानगरले आग्रह गरेको छ ।

कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्की,कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास,नेपाल रेडक्रस सोसाइटीका सभापति सुवोध कुमार सिंह,उद्योग संगठनका तारा निरौला ,विराट ब्यापार संघका अध्यक्ष सुजन थापा,नेपाली कांग्रेस विराटनगर महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,नेकपा विराटनगरका सचिव हेम कार्की,विराटनगर महानगरका कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा ,स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत,नगर प्रहरी प्रमुख बेदप्रसाद गौतम, विराटनगर महानगरपालीका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की,विराटनगर महानगरपालीका स्वास्थ्य निरीक्षक हैदर अली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा जेके ड्राइभिङले ल्यायाे ५ हजारमै रिभिजन काेर्स अफर
भारतीय टाइलको बजार खस्कियो, नेपालकै निमाटो टाइलले लिदै बजार
पूर्व मुमाबडामहारानी शाह अस्पताल भर्ना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल