लोकेश पोख्रेल बुधबार, साउन १४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १४ साउन /
ल्याब अभावमा पशुहरुमा लाग्ने रोगहरुको परिक्षण गर्न समस्या शुरु भएको छ । पछिल्लो समय पशुहरुमा नयाँ खालका भाइरल रोगहरु देखा पर्न थालेपछी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले थप काम गर्न नसकेको बताएको छ । विराटनगरको पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई कोरोना परिक्षण गर्ने स्थल बनाए संगै यसखाले समस्या सिर्जना भएको हो ।

विराटनगरमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रदेश १ कै अत्याधुनिक प्रयोगशाला हो । यही प्रयोगशालामा सामाजिक विकास मन्त्रालयले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला (पिसिआर परिक्षण प्रयोगशाला) सञ्चालन गरेको छ ।  पशुहरुमा लाग्ने र पशुहरुकै माध्यमबाट मानिसमा समेत सर्न सक्ने रोगहरुको परिक्षण प्रभावित बनेको छ । हालैमात्र प्रदेश १ का विभिन्न जिल्लामा नयाँ खालको भाइरसले पशुहरु बिरामी हुने र मर्ने क्रम बढेको छ ।

पशुहरुमा लागेका सबैखाले रोग र भाइरलजन्य परिक्षणमा समस्या सिर्जना भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा. सन्जय कुमार यादवले पुष्टि गरे । प्रदेश १ का विभिन्न स्थानमा पशुहरुमा हालै मात्र नयाँ खालको रोग देखा परिरहेको र ल्याब टेष्ट गर्न नसकेको स्विकार गरे । पशुहरुको ल्याब परिक्षण गर्ने स्थानमा कोरोना परिक्षण गर्ने स्थान बनाइदा समस्या भएको छ । हामीहरु चाहन्छौ सम्बन्धित निकायले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला (पिसिआर परिक्षण प्रयोगशाला) आफ्नै बनाओस् । प्रमुख यादवले भने “कोरोना जस्तै अन्य धेरै भाइरसहरु पशुबाट सर्ने कुरा छदै छ अर्को तर्फ ठूलो परिणाममा पशुव्यवसायी कृषकहरु मारमा पर्न थालेका छन् ।” पशुहरुमा लागेको भाइरल रोग निदानमा तत्काल संवेदनशिल नहुने हो भने ठूलो धनजनको क्षति हुन सक्छ । ल्याब अभावमा रोग पहिचान गर्न समेत कठिनाइ भइरहेको प्रमुख यादवको भनाइ छ ।

पशुहरुमा यस्तै समस्या आइरहे पिसिआर परिक्षण प्रयोगशाला सार्न जरुरी हुन्छ । प्रमुख यादवले भने “यही साउन २२ गते सम्म मात्रै सञ्चालन गर्न दिन्छौ , नभए हामीलाई नयाँ ब्यवस्था सहित अत्याधुनिक ल्याब बनाइदिनु पर्छ । कृषकहरुको समस्या समाधान गर्ने दायीत्व हामी सबैको हो । यसमा चुक्यौ  भने ठूलो क्षति बेहोर्नु पर्दछ । पशुपन्छी बाट मानिसमा सर्ने रोगहरु वातावरणमा नफैलियोस भन्ने उदेश्यले स्थापना गरेको उक्त अत्याधुनिक ल्याबमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला (पिसिआर परिक्षण प्रयोगशाला) सञ्चालन हुदा थप समस्या सिर्जना भएको छ ।

गाइहरुमा देखिएको नयाँ रोग :

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल