Birat Post मंगलबार, साउन २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

जनकपुर २० साउन ।
भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि जानकी मन्दिर जनकपुरले एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप प्रदान गर्ने भएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन हुदै छ । भूमि पुजन कार्यक्रममा सरिक हुन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव मंगलबार भारत प्रस्थान गरेका छन् ।

भारतले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागीता जनाउन निमन्त्रणा पठाएपछि उनी अयोध्या प्रस्थान गरेका हुन् । संगै राम मन्दिरको भूमी पुजनका लागि एक किलोको ५ वटा चाँदीको ईटा समेत लगिएको छ । इटामा श्री सीताराम जानकी मन्दिर जनकपुर नेपाल लेखिएको छ ।

राम मन्दिरका विषयमा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ राम मन्दिर निर्माणको कार्य अगाडी बढाउन लागिएको छ । मन्दिरको भूमि पुजन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , विश्व हिन्दु परिषद्का अध्यक्ष मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत सहभागिता रहने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल