Birat Post सोमबार, साउन २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ साउन ।

प्रदेश १ को राजधानी विराटनगरका साना-ठूला अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । कोरोना संक्रमणको दर उच्च बन्दै गए पछि स्थानीय तथा प्रदेश सरकारले थप रणनीति तय गरेका छन् । यसबाट फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी ,प्रहरी,पत्रकार कोरोना संक्रमणबाट प्रभावित बन्न पुगेका छन् । हामीलाई प्राप्त भएको सूचना अनुसार विराटनगरका विभिन्न साना-ठूला अस्पतालहरु संक्रमणको जोखिमवाट प्रभावित बनेका छन् ।

कोशी अस्पताल :  अस्पतालमा कार्यरत १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका संक्रमितमध्ये १ जना डाक्टर , ७ जना नर्स, ३ जना सफाइ कर्मचारी, २ जना प्राविधिक र अन्य प्रशासनका कर्मचारी रहेका छन् ।

नोबेल शिक्षण अस्पताल :  नोबेल अस्पतालमा ३ जना डाक्टर र १ जना स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । थप स्वास्थ्यकर्मीको स्वाव संकलन गर्ने काम भइरहेको छ । हालैमात्रै संक्रमण देखिएकोले त्यहाँ थप मानिसलाई लाग्न सक्ने अनुमान गरिएको छ ।

विराटनगर अस्पताल : अस्पतालका सञ्चालकसहित १३ जनालाई कोरोना संक्रमण भएको थियो ।जसमा ३ जना डाक्टर र ५ जना स्टाफ नर्स र अन्य प्रशासनका कर्मचारी रहेका छन् । उनीहरु अधिकांस कोरोनामुक्त भइसकेका छन् ।

न्यूरो अस्पताल :  न्यूरो अस्पतालमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा १ जना डाक्टर, ५ जना स्टाफ नर्स, एकजना सफाइ कर्मचारी र एक जना सेवाग्राही रहेका छन्।

गोल्डेन अस्पताल :  गोल्डेन अस्पतालमा ३ जनालाई संक्रमण पुष्टि भएको छ । १ जना स्वास्थ्यकर्मी सहित तीनजना कर्मचारी रहेका छन् ।

मोरङ सहकारी अस्पताल :  मोरङ सहकारी अस्पतालमा पाँचजनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मी सहित केही प्राविधिकलाई संक्रमण देखिएको छ ।

म्याक्स अस्पताल : विराटनगरको म्याक्स अस्पतालका दुई सेवाग्राहीलाई कोरोना देखिएको छ । सो घटना संगै अस्पतालले आइतबार ओपीडी सेवा बन्द गरेको थियो ।   ।

अन्य  अस्पतालका स्वास्थ्यकर्मी ,कर्मचारी तथा सेवाग्राहीहरुलाई समेत कोरोना संक्रमण भएको छ । थप बिबरण आउनेक्रममा छ ।  हामीलाई जानकारी प्राप्त भए संगै थप बिबरण सहित समाचार संम्प्रेषण गर्ने छौ । हामीले यो स्रोत प्रदेश सरकारका संयन्त्र तथा विराटनगर महानगरको आधिकारिक वेवसाइडबाट संकलन गरेका हौ ।

 

सम्बन्धित

ताजा अपडेट
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल